नयाँ दिल्लीको लाल किल्ला मेट्रो स्टेशनको गेट नम्बर १ नजिकै कारमा विस्फोट हुँदा आठ जनाको मृत्यु र सात जना घाइते भएको सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
भारतको राजधानी नयाँ दिल्लीको रेड फोर्ट (लाल किल्ला) मेट्रो स्टेशनको गेट नम्बर १ नजिकै विस्फोट हुँदा आठ जनाको मृत्यु भएको छ भने सात जना घाइते छन्। लोक नायक जय प्रकाश नारायण (एलएनजेपी) अस्पतालका एक वरिष्ठ अधिकारीले सोमबार भारतीय सञ्चारमाध्यम एएनआई जानकारी दिएअनुसार, घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ।
एलएनजेपी अस्पतालका मेडिकल सुपरिटेन्डेन्टले १५ जनालाई अस्पतालमा ल्याइएकोमा आठ जनाको अस्पताल पुग्नुअघि नै मृत्यु भएको र बाँकी घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर तथा एक जनाको अवस्था स्थिर रहेको बताए।
दिल्ली प्रहरीका अधिकारीहरूले घटनाको अनुसन्धान भइरहेको बताएका छन्। एक अधिकारीले एएनआईसँग भने, “अहिलेसम्म यसबारे कुनै जानकारी दिन सकिँदैन, अनुसन्धान भइरहेको छ।” घटनास्थलमा पुगेका सीआरपीएफका डीआईजीले समेत तत्कालै केही भन्न हतार हुने प्रतिक्रिया दिएको एएनआईले उल्लेख गरेको छ।
उपप्रमुख अग्नि नियन्त्रक एके मलिकले चाँदनी चौक मेट्रो स्टेशननजिकै कारमा विस्फोट भएको जानकारी प्राप्त भएलगत्तै आफूहरू खटिएको बताए। “सात वटा युनिट घटनास्थलमा पठायौँ। साँझ ७:२९ बजे आगो नियन्त्रणमा ल्याइएको थियो। हाम्रा सबै टोलीहरू घटनास्थलमा उपस्थित छन्,” उनले भने।
प्रत्यक्षदर्शीहरूले क्षतविक्षत अवस्थामा रहेका शव तथा शरीरका अंगहरू देखेर स्तब्ध भएको प्रतिक्रिया दिएका छन्। एक स्थानीयले एएनआईलाई यो घटनालाई शब्दमा वर्णन गर्न नसक्ने बताए। अर्का प्रत्यक्षदर्शीले बाटोमा शरीरका अंगहरू छरिएका देखेको र घटना के भयो भनेर कसैले पनि बुझ्न नसकेको बताए। एक स्थानीय पसलेले आफ्नो जीवनमा कहिल्यै यति ठूलो विस्फोट नसुनेको प्रतिक्रिया दिएका छन्।
कांग्रेस प्रवक्ता पवन खेराले विस्फोटको घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक सञ्जाल 'एक्स'मा लेखेका छन्, “प्रारम्भिक रिपोर्टहरूले धेरै मानिसहरूको ज्यान गएको देखाएको छ। हामी यस दुःखको घडीमा शोकाकुल परिवारहरूसँग उभिएका छौँ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गर्दछौँ। सरकारले यस घटनाको पूर्ण र द्रुत अनुसन्धान सुनिश्चित गर्नुपर्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
