मुगुमा ट्याक्टर दुर्घटना: १ जनाको मृत्यु, १ घाइते

मुगुको सोरु गाउँपालिकाको केन्द्रतर्फ जाँदै गरेको ट्याक्टर सोमबार राति दुर्घटना हुँदा बाजुरा गौमुल गाउँपालिका–३ का २४ वर्षीया सुरेश रोकायाको घटनास्थलमै मृत्यु भएको छ।

अदानचुली– मुगुमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

मुगुको सोरु गाउँपालिकाको केन्द्रतर्फ जाँदै गरेको ट्याक्टर सोमबार राति दुर्घटना हुँदा बाजुरा गौमुल गाउँपालिका–३ का अन्दाजी २४ वर्षीया सुरेश रोकायाको घटनास्थलमै मृत्यु भएको हो। उनी सो ट्याक्टरका चालक हुन्। 

विद्युत् पोल बोक्ने क्रममा उकालोमा ब्रेक फेल भई ट्याक्टर करिब ७०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा हुम्ला अदानचुली–२ का २८ वर्षीया रेशम भण्डारी घाइते भएका छन्। उनलाई उपचारका लागि जिल्ला अस्पताल मुगु लगिएको छ।