कथाकार सुरेश यक्सोको कथासंग्रह ‘पेनिबा’ काठमाडौँमा मंगलबार विमोचन भएको छ।
काठमाडौँ– हङकङ निवासी कथाकार सुरेश यक्सोको कथासंग्रह ‘पेनिबा’ मंगलबार नेपाल पर्यटन बोर्डको हलमा आयोजित कार्यक्रमबीच विमोचन गरिएको छ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तीलविक्रम नेम्बाङ (बैरागी काइँला), नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङ, कवि शशी लुमुम्बु, श्रवण मुकारुङ, कथाकार बिना थिङ, लेखक तथा समालोचक डा. तुलसी गौतम र लेखककी आमा लक्ष्मी लिम्बूले संयुक्त रूपमा पुस्तक विमोचन गरेका हुन्।
प्रमुख अतिथि बैरागी काइँलाले ‘पेनिबा’ आधुनिक नेपाली समाज र प्रवासी नेपालीको जीवन भोगाइको सशक्त प्रतिबिम्ब भएको बताए। उनले यक्सो केवल कथाकार मात्र नभई कवि र साहित्यिक अभियन्ता पनि भएको उल्लेख गर्दै उनको लेखनशैली नेपाली साहित्यमा मौलिक पहिचानका रूपमा स्थापित हुने धारणा राखे।
महानिरीक्षक खापुङले ‘पेनिबा’लाई नेपाली समाजको पहिचान र विविधताको दर्पणका रूपमा व्याख्या गरे। समालोचक डा. गौतमले कथाकारले मुन्धुमको दर्शनबाट जीवनलाई हेरेको बताए भने प्राज्ञ तथा कवि मुकारुङले यक्सोलाई नेपाली साहित्य क्षेत्रका उदीयमान र बहुप्रतिभाशाली युवा कथाकार भन्दै उनका कथाहरूले पहिचान, सामाजिक न्याय र मानवताका कुरा गरेको बताए।
धनकुटाको कागतेमा जन्मिएका यक्सोको यो पहिलो कृति हो। यस संग्रहमा १५ वटा कथाहरू समावेश छन्। विमोचन समारोहमा सांस्कृतिक विविधता झल्काउने च्याब्रुङ नृत्यसमेत प्रस्तुत गरिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
