गोठाला र वस्तुभाउसँगै पर्यटकका कारण चहलपहल हुने बुकीपाटन कात्तिक पहिलो सातादेखि सुनसान छ। अग्ला पहाड पनि हरियो घाँस सुक्दै गएपछि उराठिला बनेका छन्।
ढोरपाटन– बर्खामा आन्तरिक पर्यटकले गुल्जार बनेको बुकीपाटन चिसो बढेसँगै सुनसान भएको छ। गोठाला र वस्तुभाउसँगै पर्यटकका कारण चहलपहल हुने बुकीपाटन कात्तिक पहिलो सातादेखि सुनसान बनेको हो।
अग्ला पहाड पनि हरियो घाँस सुक्दै गएपछि उराठिला बनेका छन्। पहिले गोठालाले चरन क्षेत्रका रूपमा प्रयोग गर्दै आएको बुकीपाटन पछिल्लो दुई वर्षदेखि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको छ।
असारदेखि असोजसम्म बुकीपाटनमा पर्ने गर्पाछेडा, दहखर्क, टीकाधारा, राजवन, स्याचुन, फुर्से देउराली, फागुने देउरालीलगायतका क्षेत्रमा गोठलाको बाक्लो बसाइँ हुने गर्छ। गोठालाले गोठ बेसी झारेपछि बुकीपाटन सुनसान छ। चिसो बढेका कारण पर्यटकसमेत पुग्न सकेका छैनन्।
समुन्द्री सतहदेखि करिब चार हजार ५०० मिटरको उचाइमा पर्ने बुकीपाटन पदयात्राका लागि उत्कृष्ट गन्तव्य बनेको छ। बर्खायाममा बेसी क्षेत्रमा गर्मी हुने हुँदा शीतलता खोज्दै बुकीपाटन बढी चढ्ने तर अहिले चिसो बढेपछि बुकीपाटन जाने पर्यटक कम भएको ढोरपाटनका होटल व्यवसायी सन्देश थापाले बताए।
असोजसम्म बुकीपाटन पुग्ने पर्यटकको संख्या धेरै भए पनि अहिले फाट्टफुट्ट मात्रै जाने गरेको उनको भनाइ छ। बुकीपाटन पुग्ने पर्यटकले हरियाली उच्च पहाड, पाटन, खर्क, दर्जनौँ हिमशृंखलाको दृश्यावलोकन गर्न सक्ने हुँदा बर्खाको समयमा बढी पर्यटक बुकीपाटन उक्लिने थापा बताउँछन्।
नेपालको एक मात्र शिकार आरक्ष क्षेत्रमा पर्ने बुकीपाटन बागलुङसहित रोल्पा, रुकुम, म्याग्दी र डोल्पाका पशुपालक किसानले बर्खाको समय चरन क्षेत्रका रूपमा प्रयोग गर्दै आएका छन्। ढोरपाटन नगरपालिका–८ का तुलबहादुर सुनारले आफू सबैभन्दा अन्तिममा बेसी झरेको सुनाए। धेरै गोठालाले भदौ अन्तिम सातादेखि नै गोठ झार्न शुरू गरेको उनको भनाइ छ। अहिले चिसोका कारण कोही पनि पुग्न नसक्ने सुनारले बताए।
“यतिबेला त बुकीपाटनमा पानी जम्छ, धेरै चिसो हुन्छ, त्यहाँ गएर बस्न सकिँदैन, गोठाला झरेपछि त्यो ठाउँ सुनसान भयो, अहिले कोही पनि छैनन् बुकीमा,” सुनारले भने, “अब गोठाला जेठ असार महिनामा मात्रै बुकी उक्लिन्छन्, त्यस बेलासम्म त्यो ठाउँ सुनसान हुन्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
