गठबन्धनले टुंग्यायो प्रदेशको भागबण्डा, कहाँ कसले पाउने?

सत्ता गठबन्धनले सातवटै प्रदेशको मुख्यमन्त्री, सभामुख तथा उपसभामुखको छिनोफानो गरेको छ।

काठमाडौँ- सत्ता गठबन्धनले प्रदेशको भागबण्डा टुंग्याएको छ। 

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रदेश १, गण्डकी, लुम्बिनीमा एमाले नेतृत्वमा सरकार गठन गर्ने सहमति गरेको छ।

त्यस्तै नेकपा माओवादीले कर्णाली प्रदेशको मुख्यमन्त्री पाउने भएको छ। 

सुदूरपश्चिम र बागमतीमामा भने एमाले र माओवादी केन्द्रले आलोपालो गरी सरकार चलाउने छन्। सुदूरपश्चिममा पहिलो चरणमा एमालेले र दोस्रो चरणमा माओवादीले सरकार चलाउने तथा बागमतीमा पहिलो चरणमा माओवादीले तथा दोस्रो चरणमा एमालेले सरकार चलाउने सहमति भएको छ। मधेश प्रदेशमा भने जनता समाजवादी पार्टी र जनमत पार्टीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति जुटेको छ। 

त्यस्तै गठबन्धनले सभामुख र उपसभामुखको भागबन्डा टुंगो लगाएको छ। 

माओवादीले चार प्रदेशमा सभामुख, एमालेले दुईमा तथा राप्रपाले एक प्रदेशको सभामुख पाउने सहमति भएको हो।