आज नेप्से घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा सामान्य सुधार भएको छ।
काठमाडौँ– शेयरबजार परिसूचक नेप्से बुधबार २०.५६ अंकले घटेर २५४४.५९ विन्दुमा झरेको छ। यसअघि मंगलबारको बजारमा नेप्से ३.२१ अंकले बढेर २५६५.१६ विन्दुमा उक्लिएको थियो।
आज नेप्से घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा सामान्य सुधार भएको छ। मंगलबारको बजारमा ३ अर्ब ६२ करोड ६१ लाख ७५ हजार रुपैयाँको ७९ लाख ४७ हजार कित्ता शेयर कारोबार भएकोमा आज भने कूल ३२१ स्टकको ३ अर्ब ८४ करोड ८५ लाख ८६ हजार रुपैयाँको ८४ लाख ४ हजार ६ सय कित्ता शेयर किनबेच भएको छ। यो किनबेच ६६ हजार ८२४ पटकको कारोबारमा भएको हो।
यसदिन सेन्सेटिभ इन्डेक्स ३.३३ अंकले घटेको छ। फ्लोट इन्डेक्स १.३३ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.०९ अंकले घटेको छ।
यस दिन भूगोल इनर्जी, सागर डिस्टिलरी, बुङ्गल हाइड्रो र बन्दिपुर केबलकारको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। भूगोल इनर्जीको शेयर मूल्य प्रतिकित्ता ६२ रुपैयाँले बढेर ६८२ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
यसदिन दरमखोला इनर्जीको शेयर मूल्य सबैभन्दा धेरै ८.७२ प्रतिशतले घटेर ५२२.१० रुपैयाँमा अन्तिम कारोबार भएको छ। यस्तै, माबिलुङ इनर्जीको शेयर मूल्य प्रतिकित्ता ८.२१ प्रतिशतले घटेर ५१६.२० रुपैयाँमा अन्तिम कारोबार भएको छ।
कारोबार रकमका आधारमा यस दिन साहस उर्जा लिमिटेड, राधि जलविद्युत कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर, शिवम् सिमेन्ट र युनियन हाइड्रोपावरको शेयर सर्वाधिक कारोबार भएको छ।
१३ उपसमूहमध्ये यस दिन १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य बढेको हो।
व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.३५ प्रतिशत घटेको छ। त्यस्तै, आज अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ भने बाँकी उपसमूहहरुको गिरावटदर १ प्रतिशतभन्दा कम रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
