आज दुई वटा संसदीय समितिको बैठक बस्दै

बैठकमा शान्ति सुरक्षाको अवस्था र आगामी निर्वाचनको तयारी सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ।

प्रतीकात्मक तस्वीर

काठमाडौँ– आज राष्ट्रियसभा अन्तर्गतका दुई वटा समितिको बैठक बस्दै छ। जसअन्तर्गत बिहान ११ः१५ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्नेछ।

सिंहदरबारस्थित संसद भवनमा बस्ने बैठकमा अध्यागमन विभाग तथा कार्यालयको अवलोकन सम्बन्धमा छलफल गरिने कार्यसूची तय गरिएको छ।

यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक दिनको १ बजे बस्दैछ। बैठकमा शान्ति सुरक्षाको अवस्था र आगामी निर्वाचनको तयारी सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ।