बोलपत्र प्रक्रियामा सहभागी हुनका लागि जम्मा एक दिनको समय दिइएको छ। जबकी, सार्वजनिक खरिद् ऐनअनुसार कम्तिमा पनि ३० दिन समय दिइनुपर्ने व्यवस्था छ।
काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) शुरू हुन जम्मा चार दिन बाँकी रहँदा प्रत्यक्ष प्रसारणका लागि बोलपत्र आह्वान गरेको छ।
बिहीबार संशोधित बोलपत्र भनेर क्यानले आफ्नो फेसबुक पेजमार्फत पत्र सार्वजनिक गरेर नेपाली टेलिभिजनमा प्रत्यक्ष प्रसारण गर्न बोलपत्र आह्वान भएको भनेको छ। बोलपत्र प्रक्रियामा सहभागी हुनका लागि जम्मा एक दिनको समय दिइएको छ। जबकी, सार्वजनिक खरिद् ऐनको दफा १४ को उपदफा (४) अनुसार बोलपत्र आह्वानकर्ताले कम्तिमा पनि ३० दिन समय दिइनुपर्ने व्यवस्था गरेको छ।
प्रत्यक्ष प्रसारणको हकमा क्यानले यसैपटक हो नेपाली टेलिभिजनका लागि एकदिने बोलपत्र आह्वान गरेको। गत वर्ष उसले बोलपत्र नै आह्वान नगरी भारतीय च्यानल स्टार स्पोर्ट्सलाई भित्र्याएर प्रत्यक्ष प्रसारण गराएको थियो। क्यान प्रत्यक्ष प्रसारणको 'एक्सक्लुसिभ राइट्स'को लागि कात्तिक १८ गते नै बोलपत्र आह्वान गरेको थियो। ६ दिनको समय दिएको उक्त बोलपत्रमा सहभागी हुन कात्तिक २४ सम्मको समय तोकिएको थियो। त्यसैअन्तर्गत हिजो बोलपत्रमा सहभागीहरूलाई मूलपानीस्थित क्यान मुख्यालय बोलाइएको थियो। तर जब टेलिभिजन प्रतिनिधिहरू मूलपानी पुगे, क्यानले त्यहीबेला खुसुक्क सबै सहभागीहरूलाई टेलिभिजन राइट्स एक्सक्लुसिभ नभएको जानकारी दियो।

टीभी टुडे च्यानलबाट बोलपत्रमा सहभागी भएका विकास लामिछानेका अनुसार अन्तिम समय क्यानले खेल खेलेर सबै बोलपत्रमा सहभागीमाथि मजाक गरेका हुन्। "एक्सक्लुसिभ भनेर नै हामी जोखिम लिएर पनि पैसाको जोहो गरेका थियौँ। तर अचानक एक्सक्लुसिभ नहुने भनिदियो," लामिछानेले उकालोसँग भने, "यति कुरा स्पष्ट छ कि यहाँ खेल भएको हो। कसको लागि र किन भएको हो त्यो बिस्तारै खुल्दै जाला।"
अर्का बोलपत्रमा सहभागी एक टेलिभिजनका प्रतिनिधिका अनुसार क्यानले अन्तिम समयमा स्टार स्पोर्ट्ससँग सेटिङ मिलेपछि नेपाली टेलिभिजनलाई 'एक्सक्लुसिभ राइट्स' दिनबाट हच्किएको बताउँछन्। उनका अनुसार नेपाली टेलिभिजनहरूमा पनि मन लागेकै टेलिभिजनलाई दिन नसकिने अवस्था देखेपछि बोलपत्र नै संशोधन गरेका हुन्।
"हामीले बुझेअनुसार यो प्रक्रियामा सबैभन्दा धेरै पैसा कान्तिपुरले गरेको हो। तर पारस खड्काले कान्तिपुरलाई दिनै चाहेको छैन," ती प्रतिनिधि भन्छन्, "हेर्नुहोला शनिबार टेलिभिजनको राइट्स डीसहोमले पाउँछ।"
क्यानले आफै पनि संशोधित बोलपत्रमा स्टार स्पोर्ट्स एनपीएलको दोस्रो संस्करणमा आउन सहमत भएको उल्लेख गरेको छ। क्यान प्रवक्ता छुम्बि लामा भने स्टार स्पोर्ट्स आउने भएपछि बोलपत्र संशोधन भएको स्वीकारे पनि क्यानले चाहेको नेपाली टेलिभिजनलाई राइट्स दिन बोलपत्र संशोधन नगरेको दाबी गर्छन्। उनका अनुसार क्यानले स्टार स्पोर्ट्सलाई पनि प्रक्रियाअनुसार नै भित्र्याएको छ।
"प्राविधिक रूपमा हामीलाई समयको अभाव भएकै हो। त्यसैले समयमा अलिक फ्लेक्जिबल हुन सकेनौँ," लामा भन्छन्, "बाँकी नियतवस् गल्ती र कमजोरी छैन।"
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
