सुनको मूल्य एकैदिन ५ हजार ९०० ले बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५० हजार २०० रुपैयाँ कायम भएको छ।

काठमाडौँ– बुधबारको तुलनामा आज एक तोला सुनको मूल्य पाँच हजार ९०० रुपैयाँले वृद्धि भएको छ। चाँदीको मोल पनि तोलामा १७० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५० हजार २०० रुपैयाँ कायम भएको छभने त्यति नै परिमाणको चाँदी तीन हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार एक तोला सुन दुई लाख ४४ हजार ३०० रुपैयाँ र चाँदी तीन हजार १७५ रुपैयाँमा खरिदबिक्री भएको थियो।