बिहीबार नेप्से परिसूचकमा मा सामान्य सुधार भए पनि अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घटेको छ।
काठमाडौँ– साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक झिनो अंकले बढेको छ। यस दिन नेप्से परिसूचक १.१३ अंकले वृद्धि भएर २५४५.७३ को विन्दुमा पुगेको हो। यसअघि बुधबार नेप्से २०.५६ अंकले घटेर २५४४.५९ विन्दुमा झरेको थियो।
नेप्सेमा सामान्य सुधार भए पनि अघिल्लो दिनको तुलनामा बिहीबार कारोबार रकम भने घटेको छ। बुधबार तीन अर्ब ८४ करोड ८६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएकोमा बिहीबार कुल ३२९ कम्पनीको तीन अर्ब ४९ करोड ९८ लाख २१ हजार रुपैयाँ बराबरको ७६ लाख ५ हजार ५८४ सय कित्ता शेयर ५० हजार ६२१ पटक कारोबार भयो।
यस दिन सेन्सेटिभ इन्डेक्स ०.१५ अंकले, फ्लोट इन्डेक्स ०.०१ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०६ अंकले घटेको छ। १३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लघुवित्त, म्युचुअल फन्ड र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो।
बजारमा यस दिन माबिलुङ्ग इनर्जी, श्वेत गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन, सागर डिस्टिलरी, बुंगल हाइड्रो, बन्दीपुर केबलकार एन्ड टुरिजम तथा रुरु जलविद्युतको शेयर कारोबार सकारात्मक सर्किट लेभलमा भएको छ।
यसको विपरीत, कारोबारमा आएको नेपाल माइक्रो इन्सुरेन्स कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक ४.८२ प्रतिशत घटेर १२६४ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
कारोबार रकमका आधारमा आज हिमालयन पावर पार्टनरको शेयर सबैभन्दा धेरै कारोबार भएको छ। यस्तै, हिमालयन डिस्टिलरीको करिब १४ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ भने युनियन हाइड्रोपावरको कारोबार रकम १३ करोड रुपैयाँभन्दा बढी रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
