पूर्व–पश्चिम राजमार्गअन्तर्गत गड्डाचौकी–अत्तरियालाई स्तरोन्नति गरी चार लेनको सडकका रूपमा विस्तार गर्न सडक विभागले बुधबारदेखि स्थलगत अनुगमन तथा अध्ययन शुरू गरेको छ।
महेन्द्रनगर– पूर्व–पश्चिम राजमार्गलाई स्तरोन्नति गरी चार लेनको सडकका रूपमा विस्तार गर्न सडक विभाग र दातृ निकाय विश्व बैंकको संयुक्त टोलीले बुधबारदेखि स्थलगत अनुगमन तथा अध्ययन शुरू गरेको छ। कञ्चनपुरको पश्चिमिनाका गड्डाचौकीदेखि कैलालीको अत्तरियासम्मको खण्डको अनुगमन शुरू गरिएको हो।
सडक डिभिजन कार्यालयका प्रमुख राजेशकुमार यादवले राजमार्ग विस्तारका लागि माथिल्लो निकायले स्थलगत अनुगमन शुरू गरेको जानकारी दिँदै अब विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने चरणमा प्रवेश गरिने बताए।
डिभिजन प्रमुख यादवले दिएको जानकारीअनुसार, सडक विभागका उप महानिर्देशक अर्जुनप्रसाद अर्यालको नेतृत्वमा विश्व बैंकका प्रतिनिधिसहितको टोलीले गड्डाचौकीदेखि अत्तरियासम्मको ४५ किलोमिटर सडक खण्डको अध्ययन शुरू गरेको छ। उनले भने, “अब सडक विभागले तीन महिनाभित्र परामर्शदाता छनोट गरी काम अघि बढाउनेछ। यसमा दातृ निकाय सकारात्मक छन्।”
यादवले छिट्टै परामर्शदाता छनोट गरेर डिजाइनको काम अघि बढ्नेमा आशा व्यक्त गरे। उनका अनुसार, यसअघि पनि दुर्घटना न्यूनीकरणका लागि सडक डिभिजनले राजमार्गमा पर्ने चोक र साना बजार क्षेत्रमा स्तरोन्नतिको काम गरिरहेको थियो र हालसम्म करिब दुई किलोमिटर सडक स्तरोन्नति भइसकेको छ।त्यसैगरी सडक विभागका उपमहानिर्देशक अर्जुनप्रसाद अर्यालले कपिलवस्तुको चन्द्रौटादेखि गड्डाचौकीसम्मको राजमार्गको भाग स्तरोन्नति गर्न बाँकी रहेको बताउनुभयो। अर्यालले भने, “बाँकी खण्डको स्तरोन्नति गर्ने भविष्यको योजना तयारीका लागि अनुगमन भइरहेको छ। यो सडक एसियाली विकास बैंक (एडीबी) र विश्व बैंक, दुई साझेदार संस्थाको सहयोगमा स्तरोन्नति गरिनेछ। दुवैको सल्लाह र सहमतिअनुसार डिजाइन तथा अध्ययन गरिनेछ।” उनले तत्काल विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाएर काम अघि बढाइने जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
