ट्याक्टर सडकबाट करिब दुई सय मिटर तल खसेको थियो।
ताप्लेजुङ- ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ स्थित याम्फेवा खोलानजिक ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
५५५६ नम्बरको ट्र्याक्टर दुर्घटनामा मैवाखोला–५ काम्सङ बस्ने ३१ वर्षीय ट्याक्टर चालक पासाङ शेर्पासहित चार जनाको मृत्यु भएको हो।
दुर्घटनामा २४ वर्षीय फुर्वा शेर्पा, मैवाखोला–४ ओदक एकाघरकी २२ वर्षीया शर्मिला शेर्पा र १७ वर्षीया लाकी शेर्पाको मृत्यु भएको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमले बताए। वनेमका अनुसार उनीहरू सबैको घटनास्थलमा नै मृत्यु भएको हो।
ट्याक्टर सडकबाट करिब दुई सय मिटर तल खसेको बताइएको छ। ट्याक्टर चालक पासाङ र उनका भाइ फुर्वा घरमा आफन्त बिरामी परेकाले तेल्लाबुङस्थित विद्युत् सवस्टेशनबाट काम्साङ जाने क्रममा थिए। अन्य दुई जनासमेत घर फर्किनका लागि ट्याक्टरमा चढेको अध्यक्ष वनेमले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
