दिउँसो १ बजे बस्न लागेको संसद् बैठकमा सबै पार्टीका संसदीय दलका नेताले बोल्ने कार्यक्रम रहेको छ।
काठमाडौँ- संघीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ। बैठक दिउँसो १ बजेबाट शुरू हुनेछ।
आजको बैठकमा सबै दलका संसदीय दलका नेताले बोल्ने कार्यसूची तय गरिएको छ।
त्यस्तै, बैठकमा ज्येष्ठ सदस्य सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने, सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदमा नियुक्त तथा मन्त्रिपरिषद् गठन सम्बन्धी पत्रहरूको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।
त्यस्तै, नेपालको संविधानको धारा १०४ बमोजिम प्रतिनिधिसभाबाट सभाको नियमावली नबनाएसम्मको लागि प्रतिनिधि सभा नियमावली, २०७५ बमोजिम काम कारबाही गर्ने प्रस्ताव स्वीकृतिका लागि प्रस्तुत गर्ने, सभामुखले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ।
त्यस्तै, अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा सदस्यहरूले आ-आफ्नो मन्तव्य राख्ने, प्रतिनिधिसभाको बैठकमा शोक प्रस्ताव प्रस्तुत हुने कार्यसूची पनि समावेश छ।
राष्ट्रियसभाको बैठकमा राष्ट्रिय सभा अध्यक्षले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त बेहोरा जानकारी गराउने, प्रधानमन्त्री पदमा नियुक्त र मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरूको बेहोरा जानकारी गराउने र शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
यसपटकबाट संघीय संसद्मा सांसदहरूका लागि ई-हाजिरी गर्ने व्यवस्था पनि मिलाइएको छ।
यो पनिः संसद् अधिवेशन सोमबार शुरू हुँदै, यस्तो छ पहिलो दिनको सम्भावित कार्यसूची
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
