मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलविरुद्ध सात दलका ६४ सांसदले मधेश प्रदेशसभामा ‘पदअनुकूल आचरण नगरेको प्रस्ताव’ दर्ता गराएका छन्।
जनकपुरधाम– मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलविरुद्ध पदअनुकूल आचरण नगरेको प्रस्ताव पेश गरिएको छ। सभामुख मण्डलले पदीय मर्यादा विपरीत काम गरेको भन्दै सात दलका ६४ जना सांसदले मधेश प्रदेशसभामा प्रस्ताव दर्ता गराएका हुन्।
प्रस्ताव पेश गर्ने दलहरू मा जसपा नेपाल, लोसपा, नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र नेकपा (माओवादी केन्द्र) रहेका छन्।
प्रस्तावक नेताहरू मा नेपाली कांग्रेसका कुमर कान्त झा, जसपाका राम अशिष यादव, जनमत पार्टीका महेश प्रसाद यादव, माओवादी केन्द्रका भरत साह, लोसपाका जयनुल राइन, नेकपा (एस)का कनिष पटेल र नागरिक उन्मुक्ति पार्टीकी उर्मिला देवी सिंह छन्।
प्रस्तावमा सभामुख मण्डलमाथि प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५, परिच्छेद २१, नियम १८० अनुसार पदीय अनुकूलता र आचरणविपरीत कार्य गरेको आरोप लगाइएको छ। त्यस्तै, सभामुख मण्डलमाथि एक दलको निर्देशनबमोजिम पटक–पटक सभा सञ्चालन गरेको र विपक्षी दलका सदस्यको उपस्थितिबिना सभा चलाएको लगायतका आरोपहरू पनि उल्लेख गरिएका छन्।
सभामुख मण्डल एमालेबाट सभामुख बनेका थिए। प्रस्ताव पेश गराउने सात दलले पछिल्लो राजनीतिक घटनाक्रम सभामुख मण्डल र नेकपा एमालेकै कोटाबाट नियुक्त प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीका कारण निम्तिएको भन्दै असन्तुष्टि जनाएका छन्।
प्रस्ताव दर्ता गर्न जाने क्रममा एक पक्षबाट अवरोध सिर्जना भएपछि स्थिति असहज बनेको थियो। यस क्रममा प्रस्तावका समर्थकहरूले सभामुख मण्डलले आफूहरूलाई हातपात गरेको आरोपसमेत लगाएका छन्।
केही दिनअघि तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिन आह्वान गरेको प्रदेशसभा बैठकमा सोनल लगायत मन्त्रिपरिषद्का सदस्यको उपस्थिति नरहेको भए पनि सभामुखले सभा सुचारु गरेका थिए। विवाद बढेपछि तत्कालीन मुख्यमन्त्री सोनलले प्रदेशसभा बैठकमै राजीनामा घोषणा गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
