प्रहरीले हेटौँडा उपमहानगरपालिका–५ सानोपोखराबाट प्रतिबन्धित लागुपदार्थ ट्रामाडोल ८ हजार ३०० क्याप्सुलसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ।
हेटौँडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिका–५ सानोपोखराबाट प्रतिबन्धित लागुपदार्थ ट्रामाडोल ८ हजार ३०० क्याप्सुलसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराका अनुसार, बिहीबार बिहान १० बजे लागूपदार्थको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले सोही स्थानमा बसिरहेका पाँच जनाको साथबाट उक्त परिमाणको ट्रामाडोल बरामद गरेको हो।
प्रहरीले उनीहरूलाई रितपूर्वक खानतलासी गर्दा बिक्री वितरणका लागि लुकाइछिपाई राखिएको अवस्थामा ट्रामाडोलका क्याप्सुल बरामद गरेको जनाएको छ। साथै, उनीहरूबाट ना.३२ प ३२४४ र बा.प्रदेश ००५ प १८५ नम्बरका दुई वटा मोटरसाइकल पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका–१२ का १९ वर्षीय अशोक स्याङ्तान, हेटौँडा–१७ का २० वर्षीय प्रवेश बराल, हेटौँडा–४ का २० वर्षीय निशान कोइराला, हेटौँडा–२ का ३५ वर्षीय ‘बक्सर’ उपनामका राजीव लामा र मकवानपुरगढी गाउँपालिका–२ का २३ वर्षीय दिपेश सञ्जेल छन्।
पक्राउ परेका पाँचै जनामाथि लागुपदार्थ (नियन्त्रण) ऐनअन्तर्गत मुद्दा दर्ता गरी मकवानपुर जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
