घरखर्च चलाउन मुस्किल भइरहेको थियो, एक दिन भक्तबहादुरका साथीले काष्ठकलाका सामग्री बनाउने भिडियो उनको मोबाइलमा पठाए।
कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का भक्तबहादुर महरा दुई दशक अघिसम्म फर्निचरको काम गर्थे।
उक्त कामबाट परिवारको जोहो गर्न मुस्किल पर्न थालेपछि त्यसको विकल्पको खोजी गरे। एक दिन उनका साथीले काष्ठकलाका सामग्री बनाउने भिडियो उनको मोबाइलमा पठाए।
“इन्टरनेटमा भिडियो देखेपछि मलाई काष्ठकलाका सामग्री बनाउने इच्छा लाग्यो र यसमै लागेँ,” महराले भने, “हाउस डेकोरेसनको काम गर्दा कहिले काम पाइन्थ्यो, कहिले पाइँदैनथ्यो घर खर्च चलाउनै समस्या हुन्थ्यो, अहिले मजदुरीभन्दा यसमा फाइदा छ।”
उनले दुई वर्षअघिदेखि विजयसालको काठ र बाँसबाट गिलास, जग, बोत्तल, अम्खोरा, कचौरा, फूलदानी, मसलादानी, बेलनालगायत सामग्री बनाउने गरेको बताए। उत्पादन गरिएका काष्ठ र बाँसका सामग्री पाँच सयदेखि दुई हजार रुपैयाँसम्ममा बिक्री हुने गरेका छन्।
युट्युबकै सहायताबाट अहिले उनले काठका भाँडाकुँडा तयार पार्दै आएका छन्। “अहिले मासिक ४० हजार रुपैयाँभन्दा बढी आम्दानी हुन्छ, पहिला महिनौँसम्म खाली बस्नुपर्थ्यो,” महराले भने, “यसरी राम्रो आम्दानी गर्न सकिएला भन्ने साचेकै थिइनँ।”
अहिले उनले उत्पादन गरेका सामग्री खरिद गर्न ग्राहकहरू घरमै पुग्ने गर्छन्। आफूले उत्पादन गरेका सामग्री बिक्री गर्न समस्या नरहेको भक्तबहादुरले बताए। “माग त धेरै आउँछ, मागअनुसार मैले उत्पादन गर्न सकेको छैन एक्लै छु,” उनी भन्छन्, “यहाँका सामुदायिक वनले राम्रो गरेका छौँ भनेर कच्चा पदार्थ दिने गरेका छन्।”
पछिल्लो समय युट्युबलगायत विभिन्न सामाजिक सञ्जालमा मानिस लामो समय बिताउने गरेका छन्। तर यी सञ्जालहरूको सदुपयोग गर्न जानेमा धेरै लाभ लिन सकिन्छ भन्ने एक उदाहरणीय पात्र बनेका छन् महरा। पारिवारिक समस्याका कारण ज्याला मजदुरी गर्दागर्दै यहाँसम्म पुगेको महराको भनाइ छ।
“आर्थिक अभावले छिटो पैसा कमाउने भन्ने सोच थियो। यसमा मलाई यति राम्रो आम्दानी होला भन्ने कल्पना गरेको थिइनँ,” उनले भने, “अहिले सन्तुष्ट छु राम्रै कमाइ भइरहेको छ।”
यस्तै, स्वदेशमै लगनशील भएर आफ्नो सीपको सदुपयोग गरे यहाँ मनग्य आम्दानी गर्न सकिने उनी बताउँछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
