सुनचाँदीको मूल्यमा सामान्य गिरावट

बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।

काठमाडौँ– बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। एक तोला सुनको मोल ५०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीमा ६० रुपैयाँले कमी आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ४९ हजार ७०० रुपैयाँ कायम भएको छभने त्यति नै परिमाणको चाँदी तीन हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार एक तोला सुन दुई लाख ५० हजार २०० र चाँदी तीन हजार ३४५ रुपैयाँमा खरिदबिक्री भएको थियो।