उपल्लो डोल्पामा हिउँमा फसेका पाँच जना प्रहरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
सुर्खेत– उपल्लो डोल्पामा हिउँमा फसेका पाँच जना प्रहरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको छ। उनीहरूलाई शुक्रबार डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट उद्धार गरिएको हो।
उद्धार गरिएकाहरूमा प्रहरी सहायक निरीक्षक देवदत्त पाण्डे, वरिष्ठ हवल्दार मणिराज जोशी, प्रहरी हवल्दार जनकबहादुर कार्की, प्रहरी जवान नवराज भट्ट र प्रहरी जवान नरेन्द्र भट्ट रहेका छन्। उनीहरू शे–फोक्सुन्डो गाउँपालिका–१ निजालगुम्बास्थित अस्थायी प्रहरी चौकीमा कार्यरत थिए।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक रुकबहादुर खड्काका अनुसार, नाम्दोबाट धो हुँदै दुनै पुग्ने क्रममा करिब ३६ घण्टापछि हिउँ र अत्यधिक चिसोका कारण हिँड्न नसक्ने अवस्था आएपछि उनीहरूको उद्धार गरिएको हो। पाँचै जनालाई हेलिकप्टरबाट सदरमुकाम दुनै झारेर सामान्य जाँचपछि थप उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
