जम्मू कश्मीरका डीजीपीले यस विष्फोटमा नौ जनाको मृत्यु हुनुका साथै २७ प्रहरीसहित जम्मा ३२ जना घाइते भएको बताएका छन्।
काठमाडाैँ– भारत प्रशासित कश्मीरको मुख्य शहर श्रीनगरस्थित एक प्रहरी चौकीमा विष्फोट हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्।
श्रीनगरको दक्षिणमा पर्ने नौगाम क्षेत्रमा रहेको एक प्रहरी चौकीमा शुक्रबार राति विष्फोट भएको थियो। जम्मू कश्मीरका डीजीपीले यस विष्फोटमा नौ जनाको मृत्यु हुनुका साथै २७ प्रहरीसहित जम्मा ३२ जना घाइते भएको बताएका छन्।
पत्रकार सम्मेलनमा डीजीपी नलिन प्रभातले भने, "फरेन्सिक टोलीले नमूना लिने प्रक्रिया धेरै सावधानीपूर्वक गरेको थियो, तर दुर्भाग्यवश राति लगभग ११:२० बजे दुर्घटना भयो।" घाइते हुनेमा फरेन्सिक र राजस्व टोलीका सदस्य पनि रहेको उनले बताए।
उनले यस घटनाको बारेमा अन्य कुनै पनि प्रकारको अनुमान लगाउनु बेकार भएको बताए। सबै घाइतेहरूलाई नजिकैको अस्पतालमा सारिएको छ, जहाँ उनीहरूको उपचार भइरहेको छ।
बरामदपछि प्रहरी चौकीमा भण्डारण गरिएको विष्फोटक पदार्थलाई फरेन्सिक टोली र प्रहरीले जाँच गरिरहेको बेला विष्फोट भएको बताइएको छ।
सोमबार नयाँ दिल्लीमा भएको घातक कार विष्फोटको केही दिनपछि यो ठूलो विष्फोट भएको हो। दिल्ली विष्फोटमा शहरको ऐतिहासिक लाल किल्ला नजिकै कम्तिमा १२ जनाको मृत्यु भएको थियो। भारत सरकारले यसलाई 'आतंकवादी' घटना भनेको छ।
प्रहरीले आतंकवाद गतिविधिसँग जोडिएका धेरै व्यक्तिहरूलाई पक्राउ गरेको र विष्फोटक पदार्थका साथै आक्रमणकारी राइफलहरू जफत गरेको केही घण्टापछि नै दिल्लीमा विष्फोट भएको थियो। उक्त घटनामा डा. मोहम्मद उमर उर्फ उमर नबीको संलग्नता देखिएको थियो।
कश्मीर निवासी उमरसँग जोडिएका अन्य डाक्टरहरू पनि पक्राउ परेका थिए। त्यसपछि प्रहरीले जम्मू कश्मीर क्षेत्रमा वृहत् सर्च अपरेसन चलाएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
