नमूना मध्यवर्ती सामुदायिक वन जिल्लाका धेरै गैँडाको वासस्थानका रूपमा चिनिन्छ। यहाँ वन्यजन्तुका लागि वन क्षेत्रभित्र १७२ हेक्टर क्षेत्रफलको घाँसे मैदान निर्माण गरिएको छ।
नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको नमूना मध्यवर्ती सामुदायिक वनमा सौर्य ऊर्जाबाट वन्यजन्तुका लागि पानीको व्यवस्था गरिएको छ। कावासोती नगरपालिका–१३ मा रहेको उक्त वनले वन्यजन्तुका लागि पानीको अभाव नहोस् भनेर सौर्य ऊर्जाबाट पानीको व्यवस्था गरेको हो।
जंगली जनावरका लागि पानीको अभाव हुँदै गएपछि सामुदायिक वनभित्र सौर्य ऊर्जाबाट स्वचालित रूपमा पानी तान्ने व्यवस्था गरिएको नमुना मध्यवर्ती सामुदायिक वनका अध्यक्ष राजकुमार गुरुङले बताए।
अध्यक्ष गुरुङका अनुसार, गर्मी याममा सिमसार सुक्दा पानीको अभाव हुने र वन्यजन्तु बस्तीतर्फ प्रवेश गर्ने जोखिम रहेकाले वनभित्र नै सौर्य ऊर्जाबाट पानीको व्यवस्था गरिएको हो।
“वन क्षेत्रमा स्वचालित बोरिङ गाडिएको छ र यसबाट मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउन सहयोग पुग्ने विश्वास लिइएको छ,” उनले भने, “घाम लागेको समयमा १४२ फिट गहिरो बोरिङबाट पानी निरन्तर बाहिरिइरहन्छ।”
गत वर्ष बुद्धढाप घोलमा पानी सुक्दा भाडाको जेनरेटरमार्फत करिब ८० हजार रुपैयाँ खर्च गरी पानीको व्यवस्था गरिएको थियो। त्यो विधि खर्चिलो र अपर्याप्त भएपछि यो वर्ष हिमालय नेचर संस्थाको सहयोगमा सौर्य ऊर्जा प्रणाली जडान गरिएको हो। यो बोरिङ व्यवस्थापनमा आठ लाख रुपैयाँको लागत लागेको अध्यक्ष गुरुङले बताए।
नमूना मध्यवर्ती सामुदायिक वन जिल्लाका धेरै गैँडाको वासस्थान भएको वनका रूपमा रहेको छ। वन क्षेत्रभित्र १७२ हेक्टर क्षेत्रफलको घाँसे मैदान निर्माण गरिएको छ।
वनमा गैँडा, मृग, हरिण, बँदेल, बाघ, भालु पाइन्छन्। नमूनासँगै जोडिएका गुन्द्रही ढकाहा, कृष्णसार र शान्तिकुञ्ज सामुदायिक वनलाई एकीकृत रूपमा वन्यजन्तु अवलोकन क्षेत्रका रूपमा विकास गरिएको छ। अमलटारी क्षेत्रमा पर्ने यी वनमा दैनिक रूपमा वन्यजन्तु अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन्।
अमलटारी घरबाससँगै यो वन क्षेत्र भएकाले यहाँ आउने पर्यटकलाई यसै वन क्षेत्रमा वन्यजन्तु अवलोकनका लागि लैजाने गरिन्छ। पानीको श्रोत सुनिश्चित नभए वन्यजन्तु अन्यत्र जाने र यसले पर्यटन उद्योगमा नकारात्मक असर पर्ने भएकाले वन्यजन्तुको स्थायी वासस्थान निर्माण गर्न आफूहरू लागिपरेको अध्यक्ष गुरुङको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
