तोलामा झन्डै ७ हजारले घट्यो सुन

सुनको मूल्य तोलामा दुई लाख ४२ हजार ८०० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

काठमाडाैँ– आज सुन तोलामा झन्डै सात हजार रुपैयाँले घटेको छ। सुनको मूल्य तोलामा दुई लाख ४२ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि गत शुक्रबार सुनको मूल्य दुई लाख ४९ हजार ७०० रुपैयाँ थियो। 

यस्तै, आज चाँदी पनि तोलामा १५० रुपैयाँले घटेको छ। शुक्रबार तोलामा तीन हजार २८५ रुपैयाँ रहेको चाँदी आज ३ हजार १३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।