ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १.२९ प्रतिशतले र शहरी क्षेत्रको सूचकांक १.५३ प्रतिशतले बढेको छ।
काठमाडौँ– नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८२/८३ को देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत वर्षको तुलनामा मुद्रास्फीति उल्लेख्य रूपमा घटेको देखिएको छ।
गत असोजमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.४७ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.८२ प्रतिशत रहेको थियो। आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको औसत मुद्रास्फीति १.६७ प्रतिशत छ, जबकि अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति ४.२६ प्रतिशत रहेको थियो।
गत असोज महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.५४ प्रतिशतले ऋणात्मक रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.८० प्रतिशत रहेको छ।
खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ७.७५ प्रतिशत, गैरमदिराजन्य पेय पदार्थको ३.७१ प्रतिशत र माछा तथा मासुको ३.१५ प्रतिशतले बढेको छ। यद्यपि, तरकारी उप–समूहको सूचकांक १५.६३ प्रतिशत, मरमसलाको ७.८२ प्रतिशत र दाल तथा गेडागुडीको ४.४१ प्रतिशतले घटेको छ।
यसैगरी, गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको सूचकांक १५.५१ प्रतिशत, शिक्षाको ७.६७ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६.२९ प्रतिशत, सुर्तीजन्य पदार्थको ४.८४ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ४.५५ प्रतिशतले बढेको छ। बीमा तथा वित्तीय सेवा उपसमूहको सूचकांक भने ०.२३ प्रतिशतले घटेको छ।
त्यस्तै, ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १.२९ प्रतिशतले र शहरी क्षेत्रको सूचकांक १.५३ प्रतिशतले बढेको छ।
प्रदेशगत रूपमा समीक्षा महिनामा सबैभन्दा बढी मुद्रास्फीति कोशी प्रदेशमा २.३३ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ०.६९ प्रतिशत रहेको छ। यसबाहेक, मधेश प्रदेशमा १.२० प्रतिशत, बागमती प्रदेशमा १.१३ प्रतिशत, गण्डकी प्रदेशमा १.१६ प्रतिशत, लुम्बिनी प्रदेशमा १.८९ प्रतिशत र कर्णाली प्रदेशमा १.९१ प्रतिशत मुद्रास्फीति कायम भएको छ।
यसैगरी, काठमाडौँ उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.४३ प्रतिशत, तराईको १.२९ प्रतिशत, पहाडको १.५० प्रतिशत र हिमालको २.३३ प्रतिशत रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
