आइतबार नेप्से परिसूचक ५.१५ अंकले घटेर २५४०.५७ को विन्दुमा कायम भएको छ भने तीन अर्ब ८९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
काठमाडौँ– साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ। अघिल्लो कारोबार दिन बिहीबार परिसूचक १.१३ अंकले वृद्धि भएर २५४५.७३ को विन्दुमा पुगेको नेप्से परिसूचक आइतबार ५.१५ अंकले घटेर २५४०.५७ को विन्दुमा कायम भएको हो।
नेप्सेमा सामान्य अंकको गिरावट आए तापनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा सामान्य वृद्धि भएको छ। बिहीबार तीन अर्ब ४९ करोड ९८ लाख २१ हजार रुपैयाँ बराबरको ७६ लाख पाँच हजार ५०० कित्ता शेयर कारोबार भएको बजारमा आइतबार कुल ३३७ कम्पनीको तीन अर्ब ८९ करोड ३९ लाख ७५ हजार रुपैयाँ बराबरको ७९ लाख ५७ हजार कित्ता ४७ हजार १७६ पटक कारोबार भएको छ।
आइतबार सेन्सेटिभ इन्डेक्स १.४४ अंकले घटेको छ। त्यसैगरी, फ्लोट इन्डेक्स ०.५० अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.५६ अंकले घटेको छ।
आइतबार १३ उपसमूहमध्ये तीन उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक सामान्य बढेको हो। घटेका उपसमूहहरूको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ।
आइतबार सागर डिस्टीलरी, बुङ्गल हाइड्रो, बन्दीपुर केबलकार र नबिल डिबेन्चरको शेयर सकारात्मक सर्किट लेभलमा किनबेच भयो। सागर डिस्टिलरीको शेयर मूल्य प्रतिकित्ता ५१.४० रुपैयाँले बढेर ५६५.७० रुपैयाँमा अन्तिम कारोबार भएको छ।
यस दिनको कारोबारमा आएकामध्ये भूगोल इनर्जी डेभलपमेन्टको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस कम्पनीको शेयर प्रतिकित्ता १० प्रतिशतले घटेर ६४४.४० रुपैयाँमा अन्तिम कारोबार भएको छ। यसैगरी, रुरु जलविद्युत् कम्पनीको शेयर मूल्य पनि ९ प्रतिशतभन्दा बढीले घटेको छ।
कारोबार रकमका आधारमा यस दिन एसबील डिबेन्चर ८९, नेपाल रि–इन्स्योरेन्स कम्पनी र माउन्टेन इनर्जीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
