दृष्टिविहीन महिला टी२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल अमेरिकालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।
काठमाडौँ– भारतमा जारी दृष्टिविहीन महिला टी२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल अमेरिकालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।
भारतमा आइतबार भएको खेलमा नेपालले अमेरिकालाई १० विकेटले पराजित गर्दै जित हासिल गरेको हो। यो जितसँगै नेपालले चार खेलबाट ६ अंक जोडेको छ। यसअघि श्रीलंका र अस्ट्रेलियालाई पराजित गरेको नेपालले भारतसँग भने हार बेहोरेको थियो।
अमेरिकाले प्रस्तुत गरेको १८ रनको लक्ष्य पच्छाएको नेपाल चार बलमा कुनै पनि विकेट नगुमाई पूरा गर्यो। नेपालका लागि दिलसरा धमलाले अविजित १२ रन बनाइन्। त्यसअघि टस जितेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिका ९.४ ओभरमा सबै विकेट गुमाउँदै १७ रनमै समेटियो।
अमेरिकाका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। नेपालका लागि दिलसरा धमलाले तीन र सुनिता घिमिरेले समान एक/एक विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
