बोलपत्रमा मिलेमतो आरोपमा अख्तियारले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त डिभिजन प्रमुख किशोरीप्रसाद यादवसहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, डिभिजन नं ४ कलैया, बाराका तत्कालीन निमित्त डिभिजन प्रमुख किशोरीप्रसाद यादवसहित चार जनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगका अनुसार, आर्थिक वर्ष २०७९/८० मा विभिन्न निर्माण कार्यका लागि आह्वान गरिएका २३ वटा बोलपत्रको सूचना सार्वजनिक खरिद ऐनअनुसार राष्ट्रियस्तरको पत्रिकामा प्रकाशन नगरी मिलेमतोमा ठेक्का प्रक्रिया अघि बढाएको उजुरीपछि आयोगले अनुसन्धान शुरू गरेको थियो।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले अनुसन्धानका क्रममा उक्त डिभिजनका तत्कालीन निमित्त डिभिजन प्रमुख यादव, लेखापाल प्रदीप दास तथा सान्दर्भिक मिडिया नेटवर्क प्रालिका प्रबन्धक निसान्त सिग्देल र ‘प्रभाव दैनिक’का बजार प्रबन्धक सन्तोषराज खरेलले गैरकानूनी कार्य गरेको भेटिएको बताए।
प्रवक्ताका अनुसार, सार्वजनिक रूपमा सूचना प्रकाशन नै नगरी प्रभाव दैनिकको एक मात्र प्रति तयार पारी झूट्टा बिल भर्पाइका आधारमा सान्दर्भिक मिडिया नेटवर्क प्रालिलाई तीन लाख १६ हजार ५७० रुपैयाँ भुक्तानी गरेको पाइयो।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) (ङ) बमोजिमको कसुरमा आरोपित सबैलाई समान तीन लाख १६ हजार ५७० रुपैयाँ बिगो कायम गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
