राष्ट्रिय अनुसन्धान निकाय (एनआईए) ले दिल्लीस्थित ऐतिहासिक लाल किल्लानजिकै भएको कार विस्फोटमा सहयोगी भूमिका निर्वाह गरेका आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ।
नयाँ दिल्लीमा गत हप्ता भएको घातक कार विस्फोटमा सहयोगी भूमिका निर्वाह गरेका आरोपमा एक व्यक्तिलाई भारतीय अधिकारीहरूले आइतबार पक्राउ गरेका छन्। अधिकारीहरूले उक्त आक्रमण 'आत्मघाती हमलाकारी'द्वारा गरिएको दुःखद् घटना भएको बताएका छन्।
राष्ट्रिय अनुसन्धान निकाय (एनआईए)ले आक्रमणकारी र पक्राउ परेका दोस्रो सन्दिग्ध दुवै प्रहरीले हालैका दिनहरूमा व्यापक छापा मारेको भारत प्रशासित कश्मीरका भएको जनाएको छ।
अनुसन्धानमा सफलता मिलेको घोषणा गर्दै एनआईएले आमिर रसिद अलीलाई 'आत्मघाती हमलाकारी'को सहयोगी भएको बताएको छ। प्रतिआतंकवाद एजेन्सीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “उनी विस्फोट गराउन प्रयोग गरिएको कार खरिदका लागि दिल्ली आएका थिए।”
विस्फोट गराउने योजनाकार कश्मीरका उमर उन नबी रहेको र उनी उत्तरी राज्य हरियाणाको एक विश्वविद्यालयमा जनरल मेडिसिनका सहायक प्राध्यापक भएको खुलेको छ। एनआईएले नबीको अर्को गाडी पनि नियन्त्रणमा लिएको जनाएको छ।
गत सोमबार राजधानीको पुरानो दिल्लीस्थित ऐतिहासिक लाल किल्लानजिकै रहेको व्यस्त मेट्रो स्टेसन छेउमा विस्फोट भएको थियो। उक्त स्थान नजिकै प्रधानमन्त्री नरेन्द्र मोदीले स्वतन्त्रता दिवसको अवसरमा वार्षिक सम्बोधन गरिरहेका थिए।
घटनामा परी मृत्यु हुनेको संख्याबारे फरक–फरक तथ्यांक आएका छन्। अस्पतालका एक अधिकारीले विस्फोटमा १२ जनाको मृत्यु भएको बताएका छन्। यद्यपि, एनआईएले एक विज्ञप्तिमा आक्रमणमा परी १० जनाको मृत्यु भएको र अन्य ३२ जना घाइते भएको उल्लेख गरेको छ। मृतक संख्यामा आत्मघाती हमलाकारी नबी समावेश थिए वा थिएनन् भन्ने स्पष्ट हुन सकेको छैन।
भारतीय प्रधानमन्त्री मोदीले उक्त आक्रमणलाई ‘षड्यन्त्र’को संज्ञा दिँदै आफ्नो सरकारले ‘अपराधी, सहयोगी र प्रायोजक’हरूलाई न्यायको कठघरामा ल्याउने वाचा गरेका छन्।
गत अप्रिल २२ मा भारत प्रशासित कश्मीरको पहलगाममा २६ जना हिन्दू सर्वसाधारणको मृत्यु भएको घटनापछि यो सबैभन्दा ठूलो सुरक्षा घटना हो। सन् १९४७ मा बेलायती शासनबाट स्वतन्त्र भएदेखि नै कश्मीर भारत र पाकिस्तानबीच विभाजित छ र दुवै राष्ट्रले सम्पूर्ण हिमाली क्षेत्र दाबी गर्छन्। कश्मीर मामिलालाई लिएर नयाँ दिल्ली र इस्लामावादबीच लामो समयदेखि तनाव उच्च रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
