नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको कार्यान्वयनका लागि धेरै नीति तथा कानून निर्माण गर्न बाँकी रहेको बताएका छन्।
काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण आजको आवश्यकता भएको बताएका छन्।
सोमबार प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरणका लागि संविधानको सुरक्षा गर्दै संविधानको भावनाअनुरूप कार्यान्वयन गर्न आवश्यक रहेको पनि बताए।
उनले संविधानको कार्यान्वयन गर्नको लागि धेरै नीति तथा कानून निर्माण गर्न बाँकी रहेको बताउँदै संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरणका लागि यस अनुरूपको आवश्यक नीति कानून बनाउनुपर्ने बताए।
उनले लोकतन्त्रको उन्नयनका लागि संविधान, कानुनका साथै नैतिक आचरणको विशेष महत्त्व रहेको र प्रतिनिधिसभाको यो कार्यकाल संविधानको सुरक्षा, कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थाको सबलीकरणको लागि विशेष काम हुने अपेक्षा आफूले गरेको पनि बताए।
सभापति देउवाले आगामी ५ वर्षमा जनताको विश्वासमा ठेस लाग्न नदिने प्रतिबद्धता जनाए। उनले नेपाली कांग्रेस जनताको अपेक्षा र पार्टीका कार्यकर्ताहरूको भावनाअनुसार काम गर्न बताए ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
