स्थानीय सञ्चारमाध्यमका अनुसार, अदालतले पूर्वप्रधानमन्त्री हसिनाको आदेश, उक्साहट वा घटनालाई नियन्त्रण गर्न नसक्नु नै देशव्यापी हिंसा चर्कनुको मुख्य कारण रहेको निष्कर्ष निकालेको छ।
बांग्लादेशको एक विशेष अदालतले अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई सन् २०२४ को जुलाई-अगस्टको विद्यार्थी विद्रोहका क्रममा ‘मानवताविरुद्धका अपराध’ गरेको ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ। बांग्लादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी)ले हसिनासहित तीन जनालाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। विद्यार्थीको यही विद्रोले उनको १५ वर्षे शासनको अन्त्य गरेको थियो।
ढाका ट्रिब्युनका अनुसार, न्यायाधिकरणले हसिनालाई मानवताविरुद्ध अपराधका पाँचवटै अभियोगमा दोषी ठहर गरेको छ। अदालतले उनको आदेश, उक्साहट वा घटनालाई नियन्त्रण गर्न नसक्नु नै देशव्यापी हिंसा चर्कनुको मुख्य कारण रहेको निष्कर्ष निकालेको छ। अदालतले हसिना, पूर्वप्रहरी प्रमुख चौधरी अब्दुल्लाह अल–मामुन र पूर्वगृहमन्त्री असदुज्जमान खान (कमल)ले विद्यार्थी आन्दोलन दमनका लागि अत्याचारको योजना बनाएको र त्यसलाई सक्षम पारेको ठहर गरेको छ।
फैसला सुनाउनुअघि देशभर तनावको स्थिति सिर्जना भएसँगै सुरक्षा जोखिमलाई ध्यानमा राख्दै राजधानी ढाकामा सुरक्षा व्यवस्था कडा पारिएको थियो। हसिनाको अवामी लिग पार्टीले फैसलाको विरोधमा राष्ट्रव्यापी बन्दको आह्वान गरेको छ।
हसिनामाथिको मुद्दा सन् २०२४ जुलाई–अगस्टमा विद्यार्थी नेतृत्वको विरोध प्रदर्शनका क्रममा गरिएका मानवताविरुद्धका कथित अपराधसँग सम्बन्धित छ। राजधानी ढाकामा रहेको न्यायाधिकरणबाट सोमबार फैसलाको प्रत्यक्ष प्रसारण गरिएको थियो। फैसला हुनुअघि ढाका र देशका धेरै भागमा सैनिक, अर्धसैनिक सीमा रक्षक र प्रहरी तैनाथ गरिएका थिए।
भारतमा निर्वासनमा रहेकी हसिनालाई उनको अनुपस्थितिमा मुद्दा चलाइएको थियो। उनले आफूमाथि लागेको सम्पूर्ण आरोप अस्वीकार गर्दै आएकी थिइन्। हसिनाले न्यायाधिकरणलाई ‘कंगारु अदालत’ भन्दै, आफ्नो प्रतिनिधित्वका लागि राज्यले वकिल नियुक्त गरेकोमा आपत्ति जनाएकी छिन्।
हसिना, पूर्वप्रहरी प्रमुख चौधरी अब्दुल्लाह अल–मामुन र पूर्वगृहमन्त्री असदुज्जमान खानले विद्यार्थी नेतृत्वको प्रदर्शनका क्रममा सयौँ मानिसहरूको हत्याका लागि मानवताविरुद्धको अपराधको आरोपको सामना गरिरहेका छन्। अभियोजन पक्षले राज्य साक्षी बनेर दोषी स्वीकार गरेका एक पूर्वप्रहरी प्रमुख (तेस्रो सन्दिग्ध)लाई भने कुनै सजाय सिफारिस गरेको थिएन।
संयुक्त राष्ट्रसंघले फेब्रुअरीमा जारी गरेको एक रिपोर्टमा हिंसामा एक हजार ४०० जनासम्म मारिएको हुन सक्ने जनाइएको छ। अन्तरिम सरकारअन्तर्गत देशका स्वास्थ्य सल्लाहकारले ८०० भन्दा बढी मानिसहरू मारिएको र लगभग १४ हजार घाइते भएको बताएका छन्।
फैसलाको तयारी भइरहँदा स्थानीय मिडियाले आइतबार ढाकामा बम विस्फोट भएको रिपोर्ट गरेका थिए। यसैबीच, ढाकाका प्रहरी प्रमुख शेख मोहम्मद सज्जत अलीले कसैले सवारीसाधन जलाउने वा बम प्रहार गर्ने प्रयास गरेमा ‘देख्दासाथ गोली हान्न’ आदेश जारी गरेका थिए।
हसिना पदच्युत भएपछि बांग्लादेशका नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसले हसिनाको पतनको तीन दिनपछि अन्तरिम सरकारको प्रमुखका रूपमा पदभार ग्रहण गरेका थिए। युनुसको नेतृत्वमा बांग्लादेशको राजनीति स्थिरताको सीमित संकेतसहित चौबाटोमा रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
