गृहमन्त्री रवि लामिछानेले आफू र आफ्नो पार्टीका सांसदले जनतालाई दुःख दिने, अनियमितता तथा काण्डमा मुछिने काम नगर्ने बताएका छन्।
काठमाडौँ– उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफूसम्बद्ध दल र सांसदबाट अनियमितता नहुने दाबी गरेका छन्।
सोमबार प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेले आफू र आफ्नो पार्टीका सांसदबाट कुनै पनि अनियमितता र जनतालाई दुःख दिने काम नहुने बताएका हुन्।
"म र मसम्बद्ध दल र दलका सांसदबाट कुनै पनि किसिमको अनियमितता हुने छैन। कहीँकतै नागरिकलाई दुःख दिने काम हुने छैन। कुनै काण्डहरूमा हामी मुछिने छैनौँ", उनले भने, "हामीले हिजो गरेका बाचा पूरा गर्न तयार भएर आएका छौँ।"
उनले आफ्नो पार्टीका सांसदका कारणले कुनै पनि नेपालीले शिर झुकाउन नपर्ने बताए। उनले आफ्नो पार्टीका सांसदले अनियमितता र जनतालाई दुःख दिएको पुष्टि भए निर्मम सजाय दिन तयार रहेको पनि बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
