दुर्गा प्रसाईं पक्राउ

शान्ति सुरक्षामा खलल पुर्‍याउने गरेर अभिव्यक्ति दिएको लगायत गतिविधि गरेको भन्दै पक्राउ गरिएको अधिकारीले बताए।

फाइल तस्वीर

काठमाडाैँ– मेडिकल व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन्। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका निमित्त प्रमुख डीआईजी ओम अधिकारीका अनुसार प्रसाईंलाई सोमबार मध्यराति भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरिएको हो।

शान्ति सुरक्षामा खलल पुर्‍याउने गरेर अभिव्यक्ति दिएको लगायत गतिविधि गरेको भन्दै पक्राउ गरिएको अधिकारीले बताए। अहिले उनलाई काठमाडौँ प्रहरी परिसर भद्रकालीमा नियन्त्रणमा राखिएको छ। 

आफूलाई राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियन्ता पनि बताउने प्रसाईंले यही मंसिर ७ गतेदेखि काठमाडाैँमा आन्दोलनको घोषणा गरेका थिए।