सुनचाँदीको मूल्य घट्यो

आज सुनको मूल्य तोलाको तीन हजार ८०० र चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले घटेको छ।

काठमाडौँ– स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ। आज सुनको मूल्य तोलाको तीन हजार ८०० र चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ३९ हजार ५०० रुपैयाँ र चाँदी प्रतितोला तीन हजार ९० रुपैयाँमा खरिदबिक्री हुनेछ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार १७ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।