बागमतीका प्रदेश प्रमुख यादवचन्द्र शर्माले माओवादी संसदीय दलका नेता शालिकराम जमकट्टेललाई मुख्यमन्त्री नियुक्त गरेका छन्।
काठमाडौँ- बागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका शालिकराम जमकट्टेल नियुक्त भएका छन्।
बागमतीका प्रदेश प्रमुख यादवचन्द्र शर्माले जमकट्टेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। जमकट्टेल बागमती प्रदेशसभामा माओवादी केन्द्रको संसदीय दलका नेता हुन्।
“नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम तपाईंलाई बागमती प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गरेको छु”, प्रदेशप्रमुखले दिएको नियुक्तपत्रमा उल्लेख छ।
जमकट्टेलले ७० प्रदेशसभा सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। उनलाई नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलको समर्थन छ।
जमकट्टेल बागमतीका चौँथो मुख्यमन्त्री भएका छन्।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
