सोमबार राति भक्तपुरबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौँले चार दिन हिरासतमा राख्न अनुमति दिएको छ
काठमाडौँ– सोमबार राति भक्तपुरबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानका लागि चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।
प्रसाईंलाई मंगलबार जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा पेश गरिएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराईका अनुसार, उनीमाथि थप अनुसन्धान गर्न प्रशासनले चार दिनको म्याद दिएको हो। प्रहरीले प्रसाईंलाई हिरासतमा राखेर सोधपुछ र थप अनुसन्धान प्रक्रिया अघि बढाउने जनाएको छ।
मंगलबार प्रसाईंलाई जिल्ला प्रशासन कार्यालय लैजाने क्रममा उनका समर्थकहरूले प्रदर्शन गरेका थिए। स्वघोषित राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियन्ता प्रसाईंले ७ मंसिरदेखि देशभर ठप्प पारेर राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना गर्ने आन्दोलन थाल्ने बताउँदै आएका थिए। उनका हालैका विवादास्पद र भडकाउपूर्ण अभिव्यक्तिहरूलाई सुरक्षा संयन्त्रले गम्भीरतापूर्वक लिएको थियो।
यता, प्रसाईंको पक्राउका सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले चासो व्यक्त गरेको छ। आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै, ‘विचार र अभिव्यक्तिको कारणले मात्र कसैलाई पक्राउ गर्दा मानव अधिकारको सम्मान र संरक्षण नहुने’ भन्दै नेपाल सरकारलाई त्यसतर्फ गम्भीर हुन निर्देशन दिएको छ।
“कोही कसैलाई पनि विचार र अभिव्यक्तिको कारणले मात्र पक्राउ गर्ने कार्यबाट मानव अधिकारको सम्मान र संरक्षण नहुने भएकाले त्यसतर्फ गम्भीर हुन आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ,” विज्ञप्तिमा भनिएको छ, “साथै, देशको शान्ति सुरक्षामा असर पर्ने खालका अभिव्यक्ति र गतिविधि नगर्न आयोग राजनीतिक दल, अभियन्ता र आमनागरिकलाई आग्रह गर्दछ।”
पक्राउको घटनाका सम्बन्धमा आयोगले अनुगमनसमेत गरेको विज्ञप्तिमा उल्लेख छ। मंगलबार नै आयोगको टोलीले जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौँ पुगी प्रसाईं र सम्बन्धित प्रहरी अधिकारीहरूसँग भेट गरी जानकारी पनि लिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
