भीमेश्वर नगरपालिकाले विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी मिलान गरी कामकाजमा खटाउन नसक्दा शिक्षकहरू कामविहीन हुन पुगेको स्थानीयको भनाइ छ।
दोलखा– दोलखाको भीमेश्वर नगरपालिकाका केही सरकारी विद्यालयमा विद्यार्थी संख्याभन्दा शिक्षकको संख्या बढी भएपछि शिक्षकहरू ‘निष्क्रिय’ बन्न पुगेका छन्।
विद्यार्थी संख्याको आधारमा शिक्षक दरबन्दी कायम गर्ने र न्यून संख्या भएमा नजिकको विद्यालयमा गाभ्ने नीतिगत व्यवस्था कार्यान्वयन गर्न नसक्दा नगरपालिकाभित्र विद्यालयमा यस्तो समस्या आएको भीमेश्वर नगरपालिका–१ का अध्यक्ष माधव थामीले बताए।
विद्यार्थीको अभावमा विद्यालय ‘मर्ज’ गर्ने नीति कार्यान्वयन गर्न नसक्दा बिसुनटोल आधारभूत विद्यालय, लाकुरीडाँडा प्रावि र माथिल्लो माटी प्राविका शिक्षक हाजिर गरेर दिन कटाउन विवश छन्। तीन शिक्षक कार्यरत रहेको भुमरेडाँडा प्राविमा अहिले दुई विद्यार्थी मात्र अध्ययनरत छन्।
जिल्ला सदरमुकामस्थित भीमेश्वर नगरपालिकाले विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी मिलान गरी कामकाजमा खटाउन नसक्दा शिक्षकहरू कामविहीन हुन पुगेको स्थानीय समाजसेवीको भनाइ छ।
सो नगरपालिकाको पृथ्वीनारायण आधारभूत विद्यालय र महांकाल आधारभूत विद्यालयमा पनि विद्यार्थीको अनुपातमा शिक्षक बढी देखिन्छ। त्यस्तै, महेन्द्रोदय माविमा पनि विद्यार्थी संख्याको तुलनामा शिक्षक बढी छन्। क्रमशः विद्यार्थी घट्दै जाँदा सो विद्यालयमा अहिले २६ शिक्षक र ५० को हाराहारीमा मात्र विद्यार्थी रहेका छन्, जसले गर्दा शिक्षकहरू निष्क्रिय बन्न पुगेका छन्।
अन्य माध्यमिक विद्यालयहरूमा पनि पढाउनेभन्दा पढ्नेको संख्या धेरै हुँदा शिक्षक निष्क्रिय हुन पुगेका छन्।
यसै सन्दर्भमा भीमेश्वर नगरपालिकाको शिक्षा शाखा प्रमुख अर्जुन कार्कीले विद्यार्थी संख्या 'नील' भए मात्र विद्यालय गाभ्ने व्यवस्था रहेको बताएका छन्। उनले नियमित रूपमा विद्यालय नआए पनि अति कम विद्यार्थी भएका विद्यालयको अभिलेखमा भने विद्यार्थी संख्या उल्लेख्य देखिने गरेकाले सोचेअनुसार समस्या सम्बोधन गर्न कठिन भएको स्पष्ट पारे।
शाखा प्रमुख कार्कीका अनुसार, न्यून विद्यार्थी भएका तथा शिक्षक-विद्यार्थी अनुपात नमिलेका विद्यालयको सन्दर्भमा प्राप्त गुनासाहरू सम्बोधन गर्न नगरपालिकाले यथाशीघ्र सरोकारवाला सम्मिलित बैठक राखी ठोस निर्णय गर्न लागेको छ।
पालिकाको एकीकृत विद्यालय सूचना प्रणाली (ईएमआईएस) मा विद्यार्थी देखिए पनि 'फिल्ड'मा त्यस्तो नभएको भन्ने सन्दर्भमा स्थलगत अनुगमनसहित वास्तविकता यकिन गरी स्पष्ट नीति तथा कार्यक्रमका साथ पालिकाभित्रका कम विद्यार्थी रहेका विद्यालयहरू एकापसमा गाभ्ने र विद्यार्थी संख्याको अनुपातमा शिक्षक दरबन्दी मिलान गर्नेलगायतका विषय टुङ्ग्याउने पक्षमा पालिका रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
