नापी कार्यालय वीरगन्जमा कार्यरत सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्याय एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।
काठमाडौँ– नापी कार्यालय वीरगन्जमा कार्यरत सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्याय एक लाख नगद घुससहित पक्राउ परेका छन्।
छुट जग्गा दर्ता गरिदिने भन्दै सेवाग्राहीसँग विभिन्न बहाना बनाई घुस मागिएको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले उनीहरूलाई घुसको रकमसहित नियन्त्रणमा लिएको हो।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार राउत र उपाध्यायले सेवाग्राहीसँग एक लाख घुस मागी लिइसकेको अवस्थामा मंगलबार वीरगन्ज महानगरपालिका–३, आदर्शनगर पानी ट्यांकीस्थित नापी कार्यालय पर्सा–१, २, ३ नं नापी टोलीको कार्यालयबाट पक्राउ गरिएका हो। प्रवक्ता पौडेलले यसबारे थप अनुसन्धान अघि बढाइएको जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
