विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेशसभा सचिवालयले २७ प्रतिशत र कम संस्कृति तथा पर्यटन मन्त्रालयले १.१४ प्रतिशत बजेट खर्च गरेको छ।
बागमती– बागमती प्रदेशको पुँजीगत खर्च निराशाजनक रहेको छ। चालु आर्थिक वर्षको प्रथम चार महिनामा कुल बजेटको ७.२७ प्रतिशत मात्र खर्च हुन सकेको हो।
चालु आवका लागि प्रदेश सरकारले ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँको बजेट ल्याएको थियो। चार महिनामा ४ अर्ब ९० करोड ३५ लाख रुपैयाँ मात्रै खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलले बताए।
विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेशसभा सचिवालयले २७ प्रतिशत, प्रदेश लोकसेवा आयोगले २०.९२ प्रतिशत, मुख्य न्यायाधिवक्ताको कार्यालयले १८ प्रतिशत, प्रदेश नीति तथा योजना आयोगले १६.९१ प्रतिशत, श्रम, रोजगार तथा यातायात मन्त्रालयले १६.६३ प्रतिशत र स्वास्थ्य मन्त्रालयले १६.३७ प्रतिशत बजेट खर्च गरेका छन्।
सबैभन्दा कम संस्कृति तथा पर्यटन मन्त्रालयले १.१४ प्रतिशत बजेट खर्च गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
