देशका अधिकांश स्थानको मौसम सफा रहने पूर्वानुमान

राति कोशी, गण्डकी र कर्णालीका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने विभागले जनाएको छ।

काठमाडौँ– देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ।

दिउँसो पनि पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकीका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ।

यसैगरी, राति कोशी, गण्डकी र कर्णालीका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने विभागले जनाएको छ।