गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका खगराज अधिकारीलाई नियुक्त गरेका छन्।
कास्की– गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन्।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई सोमबार मुख्यमन्त्री पदमा नियुक्ति गरेका हुन्। उनले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
गण्डकीको मुख्यमन्त्रीका लागि एमालेका अधिकारीले ३३ सांसदको समर्थनसहित दाबी पेस गरेका थिए। ६० सदस्यीय प्रदेशसभामा अधिकारीलाई एमाले, माओवादी केन्द्र, राप्रपाका सांसदले समर्थन गरेका छन्। उनलाई (राजीव गुरुङ)दीपक मनाङेको समर्थन पनि छ।
उनले अपराह्न साढे चार बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
