काकी झ्याङका नामले परिचित उनको जिद्दीपनाले चीन सरकारको ५.३ अर्ब डलरको रेलवे परियोजनाको निर्माण कार्य दुई वर्षपछि धकेलियो।
कोही मानिस यतिसम्म जिद्दी र लोभी हुन्छन् कि, सबैले मानेको सरकारी नियम मान्नै तयार हुँदैनन्। अलि बढी पाउने लोभले गर्दा उल्टै सरकारलाई नै चुनाैती दिँदै ठुलठुला विकास परियोजनामा बाधक बनिदिन्छन्। यस्तै, एक व्यक्ति हुन् चीनको जियाङ्सु प्रान्तकी झ्याङ।
काकी झ्याङका नामले परिचित उनको जिद्दीपनाले चीन सरकारको ५.३ अर्ब डलरको रेल परियोजनाको निर्माण कार्य दुई वर्ष धकेलियो। सन् २०२० मा चीनले जियाङ्सु, झेजियाङ र सांघाईलाई जोड्ने महत्वाकांक्षी उच्च-गतिको रेलवे परियोजनाको विकास शुरू गर्यो। त्यसका लागि परियोजनामा पर्ने जग्गाधनीलाई मुआब्जा प्रदान गरियो।
ठेकेदारहरूले तीव्र गतिमा काम अघि बढाए। केही वर्षमै १६३.५४ किलोमिटर लामो रेलवे लगभग पूरा भयो। बाँकी रह्यो त केवल जियाङ्सु प्रान्तमा रहेको तिनै काकी झ्याङको घर। उनको घर परियोजनाकै बीचमा पर्थ्यो। त्यसका लागि सरकारले मुआब्जा घोषणा गरिसकेको थियो। उनीजस्तै परियोजनामा आफ्नो घर जमिन हुनेहरूले तोकिएको मुआब्जा लिएर घर जमिन खाली गराए। तर काकी झ्याङको जिद्दीका अगाडि न ठेकेदार न त सरकारको नै केही चल्यो।
काकी झ्याङले सरकारले दिएको मुआब्जा रकममा आफ्नो घर नछाड्ने अडान लिइन्। सरकारले यति ठूलो परियोजना बनाउँदा मेरो घरले रोकिन्छ भने मागेजति रकम दिहाइल्छ भन्ने विश्वास उनीमा थियो। उनको गाउँका अन्य सबै जग्गा/घरधनीहरूले सरकारको मुआब्जा प्रस्ताव स्वीकार गरिसकेका थिए। उनीमात्रै एक्लै थिइन्, जसले उक्त प्रस्ताव स्वीकारेकी थिइनन्।
स्थानीय सरकारले उनको घरको दुबै छेउमा रेलवे पुल निर्माण गर्यो। बीचमा उनको घर थियो। रेलवे परियोजनाको उद्घाटन २०२४ मा हुने भिनएको थियो। तर ती 'लोभी घरधनी'का कारण आधिकारिक उद्घाटन स्थगित गर्नुपर्यो।

शुरूमा, घरधनीले घर छोड्न प्रतिवर्ग मिटर एक लाख युआन (१४,००० डलर) मागिन्। तर अधिकारीहरूले सरकारले तोकेको भन्दा बढी रकम दिन नमिल्ने बताए। घरधनीले झन् आफ्नो माग दोब्बर पारेर प्रति वर्गमिटर दुई लाख युआन पुर्याए। यसले घर र जग्गासमेत गरी कुल एक करोड ४० लाख डलर हुन्थ्यो। जबकी सरकारले तोकेको मुआब्जा ५० लाख युआन (७ लाख डलर) मात्रै थियो।
उनले आफू पछि नहटे अरु गाउँलेहरू भन्दा राम्रो क्षतिपूर्ति प्रस्ताव पाउने सोचेकी थिइन्। किनभने उनलाई थाहा थियो कि सरकारले एक जनाको सम्पत्तिको मुआब्जाका कारण यति ठूलो परियोजनालाई त्याग्ने छैन। उनले यो मौकालाई जीवनमा एक पटक पाउने अवसरको रूपमा लिएकी थिइन्।
उनको त्यही जिद्दीले दुई वर्षसम्म रेलवेको निर्माण कार्य रोकियो। त्यसबीच सरकारी अधिकारीहरूले झाङसँग नियमित सम्पर्क गरिरहे। त्यस घरका तस्वीरहरू र ड्रोन भिडियोहरू राष्ट्रिय हेडलाइन बने। अन्ततः समाचारका कारण पनि उनलाई दबाब आउन थाल्यो।
त्यो दबाब झेल्नु उनको लागि असह्य थियो, जसले गर्दा उनलाई गम्भीर स्नायु रोग लाग्यो। पछि उनले अब यो तनावपूर्ण वातावरणमा बाँच्न नसकिने महसुस गरिन् र अन्ततः हार मान्दै सरकारको आधिकारिक नियमअनुसार नै मुआब्जा प्रस्ताव स्वीकार गर्ने घोषणा गरिन्। –अडिटी सेन्ट्रल
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
