एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले युवाको विदेश पलायन रोक्न र संकटग्रस्त अवस्थामा रहेको अर्थतन्त्र सुधार्न सरकारले आवश्यक काम गर्नुपर्ने सुझाव दिए।
काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीति र समाजका समस्यालाई प्राथमिकता दिएर काम गर्न नयाँ सरकारलाई आग्रह गरेका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले हरेक क्षेत्रमा छिटो छिटो सेवा र काम हुने र सबै खालका बिचौलियाको सेटिङलाई भत्काउने काममा सरकार अघि बढ्नुपर्ने बताए। आममानिसको जनजीवन विकराल बनिरहेको भन्दै महँगी र कालोबजारीको समस्या समाधानमा लाग्नुपर्ने उनको भनाइ छ।
उनले युवाको विदेश पलायनको क्रमलाई रोक्न पनि सरकारले आवश्यक भूमिका निर्वाह गर्न सक्नुपर्ने बताए। उनले अहिलेको अर्थतन्त्र संकटग्रस्त अवस्थामा रहेको भन्दै अर्थतन्त्रको सुधार गर्न सरकारले आवश्यक काम गर्नुपर्ने सुझाव दिए।
उनले बैंकको ब्याज चर्को भएका कारणले आम रूपमा सबै व्यवसाय धराशायी हुने अवस्थामा रहेको उल्लेख गरे। संकटग्रस्त अर्थतन्त्रलाई कसरी ठीक ठाउँमा ल्याउने, कृषिमा कसरी आत्मनिर्भर हुने, विदेशी पुँजीलाई कसरी नेपालमा आकर्षित गर्ने भन्नेबारेमा वर्तमान सरकारले ध्यान दिनुपर्ने उनको सुझाव छ।
उनले मिटरब्याजी समस्या चर्को रूपमा देखा परेको र उनीहरूले आम सर्वसाधारणलाई नरकतूल्य बनाएको भन्दै सरकारले यसमा ध्यान दिनुपर्ने बताए। उनले समतामूलक समाजको निर्माण गर्ने काममा सरकार लाग्नुपर्ने धारणा राखे। उनले नेपालले जनताले परिवर्तनको महसुस गर्ने गरी काम गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
