लुम्बिनी लायन्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको हो।
काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले विजयी शुरूआत गरेको छ।
बिहीबार त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा भएको खेलमा लुम्बिनीले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको हो। चितवनले प्रस्तुत गरेको १४३ रनको लक्ष्य लुम्बिनीले १८.३ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्यो।
यस जितमा लुम्बिनीका ओपनर गुलबदिन नैबले सर्वाधिक ४४ रनको योगदान दिए। उनले २४ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। यस्तै, कप्तान रोहित पौडेलले ४४ बलमा १ छक्काको मद्दतमा ३९ रन जोडे भने सन्दीप जोराले २८, डी'आर्सी सर्टले ११ र दिलिप नाथले १० रनको योगदान दिए।
बलिङतर्फ चितवनका रिजन ढकालले २ विकेट लिए भने सोहेल तन्वीरले १ विकेट लिए।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १४२ रन बनाएको थियो। चितवनका रवि बोपाराले अर्धशतकीय पारी खेल्दै ६६ रन बनाएका थिए। उनी ५५ बल खेल्दै तीन छक्का र चार चौका हान्दै आउट भए। बोपाराको यो प्रतियोगितामा दोस्रो अर्धशतक हो।
कप्तान मल्लले व्यक्तिगत २१ रन जोड्दा देव खनालले १४, दीपक बोहराले १०, सैफ जैबले १५, अर्जुन साउँदले अविजित १५ र शाहिल तनवीरले ५ रनको योगदान दिए।
बलिङतर्फ लुम्बिनीका रुबेन ट्रम्पेलम्यानले ३ विकेट लिए भने अभिषेश गौतम र गुलबदिन नैबले समान २–२ विकेट हात पारे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
