पहिलो चरणमा ५२० थान लाइसेन्स हस्तान्तरण गरिएको छ। दोस्रो चरणका लागि करिब एक हजार २०० आवेदकको तथ्यांक प्राप्त भएको र छपाइ कार्य निरन्तर भइरहेको केन्द्रले जनाएको छ।
काठमाडौँ– सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस)ले नेपालमै पहिलोपटक छपाइ गरेको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) यातायात व्यवस्था विभागलाई हस्तान्तरण गरेको छ।
क्यूआर कोडसहितको लाइसेन्सको सफल परीक्षणपछि केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाले शुक्रबार विभागका सूचना तथा प्रविधि निर्देशक केशव खतिवडालाई लाइसेन्स हस्तान्तरण गरेका हुन्। पहिलो चरणमा ५२० थान लाइसेन्स हस्तान्तरण गरिएको छ। दोस्रो चरणका लागि करिब एक हजार २०० आवेदकको तथ्यांक प्राप्त भएको र छपाइ कार्य निरन्तर भइरहेको केन्द्रले जनाएको छ।
कार्यकारी निर्देशक ढुंगानाले विभागबाट प्राप्त तथ्यांकका आधारमा अब छपाइ कार्य तीव्र गतिमा अघि बढ्ने बताए। उनले भने, "छापिएका नयाँ लाइसेन्स सर्वसाधारणमा पठाउन उपयुक्त छ वा छैन भनेर विभिन्न मापदण्ड जाँच गरिएको छ। नेपालकै प्रयोगशालामा गरिएको परीक्षण सफल भएपछि मात्र विभागलाई बुझाइएको हो।"
विभागका निर्देशक खतिवडाले केन्द्रबाट लाइसेन्स प्राप्त भएसँगै लामो समयदेखिको समस्या समाधान भएको उल्लेख गरे। खुसी व्यक्त गर्दै उनले भने, “विगत चार–पाँच वर्षदेखि विभागमा रहेको लाइसेन्सको समस्या समाधान भएको छ। सुरक्षण मुद्रण केन्द्रसँगको सम्झौता अनुसार लाइसेन्स प्राप्त भएको छ र यस कार्यलाई निरन्तरता दिइनेछ।”
लाइसेन्स छपाइका लागि गत कात्तिक १२ गते केन्द्र र विभागबीच सम्झौता भएको थियो। सम्झौताअनुसार केन्द्रले ६ महिनाभित्र १२ लाख थान लाइसेन्स उपलब्ध गराउनुपर्नेछ। विभागले नयाँ सफ्टवेयर विकास गरेर दैनिक दुई हजार तथ्यांक केन्द्रलाई पठाउने तयारी गरेको जनाएको छ।
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ स्थित मुद्रण केन्द्रको भवनमा गत कात्तिक २१ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले लाइसेन्स छपाइको औपचारिक शुभारम्भ गरेका थिए। केन्द्रले सुरुको तीन महिनामा एक लाखका दरले तीन लाख र बाँकी तीन महिनामा नौ लाख गरी कुल १२ लाख लाइसेन्स छाप्ने योजना बनाएको छ। लाइसेन्सबाहेक केन्द्रले चाँडै हुलाक टिकट, नागरिकता, अन्तःशुल्क स्टिकर, लालपुर्जा र भिसा स्टिकरको छपाइ पनि सुरु गर्ने तयारी गरेको छ।
केन्द्रबाट छापिने नयाँ कार्डमा 'स्मार्ट चिप'को सट्टा क्यूआर कोड प्रयोग गरिएको छ, जसमा उच्चस्तरको सुरक्षा प्रणाली रहेको छ। ६ तहको सुरक्षा प्रविधि जडान गरिएको यो कार्डमा ३४ प्रकारका सुरक्षा विशेषताहरू रहेका छन्, जसमध्ये केही दृश्य र केही अदृश्य हुनेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
