यस्तो रहनेछ शनिबारको मौसम

दिउँसो कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ।

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागका अनुसार, देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। 

पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ।

दिउँसो कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ। कोशी र गण्डकीका हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना छ। 

राति कोशी र गण्डकीका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहने विभागको अनुमान छ।