साउदी प्रो-लिगको ९ पटक च्याम्पियन भइसकेको नासरका मुख्य प्रशिक्षक रूडीले रोनाल्डोको आगमन साउदी र मध्यपूर्वको विकासका लागि महत्त्वपूर्ण हुने बताए।
काठमाडौँ– अल नासरका मुख्य प्रशिक्षक रूडी गार्सियाले पोर्चुगिच फरवार्ड क्रिस्टियानो रोनाल्डो साउदी अरब आउनु भनेको ब्राजिलका महान् खेलाडी पेले फुटबल खेल्न अमेरिका जानुसरह रहेको बताएका छन्। सन् १९७५ मा ब्राजिलको सान्तोस क्लब छाडेर पेले न्युयोर्कको कोसमोस क्लबमा खेल्न पुगेका थिए।
उनले रोनाल्डोलाई खेल्नका लागि मात्रै नभई साउदीको फुटबल, अन्य खेलकुद र संस्कृतिको विकासका लागि भित्र्याएको दाबी गरे। “रोनाल्डो यहाँ आउनु भनेको पेलेको आगमन (उत्तर अमेरिकी सकर लिगमा) जस्तै हो”, गार्सियाले ३७ वर्षीय रोनाल्डो अनुबन्धबारे भने, “विशेषगरी उनलाई साउदी अरबमा फुटबल, खेलकुद र संस्कृतिको विकासका लागि अनुबन्ध गरिएको हो।”
रोनाल्डोले नासरसँग सन् २०२५ सम्मका लागि सम्झौता गरेका छन्। विवादास्पद अन्तर्वार्तापछि नोभेम्बरमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले रोनाल्डोसँगको सम्झौता तोडेको थियो। रोनाल्डोले विश्व फुटबलकै सर्वाधिक पारिश्रमिक पाउनेगरी सम्झौता गरेका छन्। उनले प्रत्येक वर्ष १७७ मिलियन पाउन्ड पाउने छन्।
साउदी प्रो-लिगको ९ पटक च्याम्पियन भइसकेको नासरका मुख्य प्रशिक्षक रूडीले रोनाल्डोको आगमन साउदी र मध्यपूर्वको विकासका लागि महत्त्वपूर्ण हुने बताए।
“सबैलाई थाहा छ हाम्रो क्लब विश्वभर कहाँ छ। तर, रोनाल्डो विश्वका उत्कृष्ट खेलाडीमध्ये एक हुन्। रोनाल्डोको आगमनसँगै केही घण्टामै हाम्रो सामाजिक सञ्जालमा फलोवर्स १० मिलियन कटे। उनको आगमनसँगै खेलकुद र सांस्कृतिक विकासमा देशले धेरै गर्न सक्छ भनेर यसैले देखाउँछ”, उनले भने।
पाँच पटकको बालोन डी’ओर विजेता रोनाल्डोलाई साउदी प्रो-लिगमा दर्ता गर्न नासरले क्यामरुनका स्टार भिकेन्ट अबोउवाकरसँगको सम्झौता रद्द गरेको थियो। अबोउवाकर अब फ्री ट्रान्सफरमा नयाँ क्लबमा जाने छन्। अबोउवाकर रोनाल्डोको पूर्वक्लब म्यानचेस्टर युनाइटेड जानसक्ने बताइएको छ।
साउदी प्रो-लिगमा एक टिममा ८ विदेशी खेलाडी हुनुपर्ने नियम रहेको छ। नासरमा आर्सनलका पूर्वगोलरक्षक डेभिड ओस्पिना, ब्राजिलका पूर्वखेलाडी लुइज गुस्टाभो, अर्जेन्टिनाका पिटी मार्टिनेज, आइभोरी कोष्टाका घिस्लाइन कोनान, स्पेनका अल्भारो गोन्जालेज, ब्राजिलका टालीस्का र उज्बेकिस्तानका जालोलिद्दीन माशारीपोभ रहेका छन्।
हाल दुई खेलको प्रतिबन्ध रहेकाले रोनाल्डोको डेभ्यू खेल जनवरी २२ मा एट्टीफाक क्लबविरुद्ध खेल्ने सम्भावना छ। युनाइटेडबाट अन्तिम खेल खेल्दा समर्थकको मोबाइल फुटाइदिएपछि रोनाल्डोमाथि दुई खेलको प्रतिबन्ध लागेको थियो। मुख्य प्रशिक्षक रूडीका अनुसार रोनाल्डोको साउदी अरबमा पहिलो यात्रा नासर जर्सीमा हुने छैन। पोर्चुगलले जनवरी १९ मा हुने प्रदर्शनी खेलमा कतारी मालिक रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग सामना गर्ने छ। रोनाल्डो अल-हिलाल र अल-नासरको संयुक्त टोलीबाट खेल्नेछ।
“रोनाल्डो-मेस्सी म्याचअपको सम्भावनाले धेरै फुटबल प्रशंसकहरूलाई उत्साहित बनाएको छ”, उनले भन्छन्, “तर, नासरको प्रशिक्षकको रूपमा म यो खेलबाट खुशी हुन सक्दिनँ। यो खेल खेलेको तीन दिन पछि हाम्रो लिग खेल छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
