झापामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

शनिबार राति भद्रपुरबाट इँटाभट्टातर्फ गइरहेको मोटरसाइकलले सडकको छेउमा रोकेर राखेको ट्याक्टरलाई ठक्कर दिएको थियो।

झापा– मेचीनगर नगरपालिका–१५ हेल्दुवारीस्थित भित्री सडकखण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा स्थानीय ३८ वर्षीय विनोद राउत रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए। 

शनिबार राति भद्रपुरबाट इँटाभट्टातर्फ गइरहेको मोटरसाइकलले सडकको छेउमा रोकेर राखेको ट्याक्टरलाई ठक्कर दिँदा मोटरसाइकल चालक राउत र  पछाडि बसेका २१ वर्षीय  निश्चल भुजेल घाइते भएका थिए।

टाउको र शरीरको विभिन्न भागमा चोट लागी गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि बिर्तामोड लागिएको थियो। उपचारकै क्रममा राउतको मृत्यु भएको हो।