११ सय मिटर भारतसितको सीमा विवादका कारण निर्माण छाडेकोसहित गरेर १२ किलोमिटर कालोपत्रे भएको छैन
कञ्चनपुर– तीस महिना (अढाइ वर्षा)मा निर्माण गरिसक्नुपर्ने समयावधि तोकिएको हुलाकी मार्गको कञ्चनपुर खण्ड साढे आठ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन।
कञ्चनपुरको पुनर्वास नगरपालिकाको डोकेबजारदेखि बेदकोट नगरपालिकाको दैजीसम्म ६२ किलोमिटर हुलाकी सडक निर्माणको शुरूआत २०७३ फागुनमा भएको थियो। तीन वटा प्याकेजमा ठेक्का दिएर थालिएको निर्माण कम्पनीको ढिलासुस्तीका कारण पटक/पटक म्याद थप गर्दा पनि सम्पन्न हुन नसकेको हो।
कूल ६२ किलोमिटर सडकमध्ये हालसम्म ५० किलोमिटर मात्रै कालोपत्र भएको छ। हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका प्रमुख मुकुन्दप्रसाद लामिछानेले तीन वटा प्याकेजमध्ये दोस्रो प्याकेजको करिब १२ किलोमिटर हुलाकी सडक कालोपत्रे हुन नसकेको बताए।
“दोस्रो २२ किलोमिटरको प्याकेजमा ११ सय मिटर भारतसितको सीमा विवादका कारण निर्माण छाडेकोसहित गरेर १२ किलोमिटर कालोपत्रे भएको छैन,” प्रमुख लामिछानेले भने, “२२ किलोमिटरको अन्तिम प्याकेज निर्माणको अन्तिम चरणमा छ।”
त्यसैगरी सडकअन्तर्गत दोदा नदीमा पक्की पुल निर्माणसमेतका लागि गरेर चालु आर्थिक वर्षमा २५ करोड रुपैयाँ बजेट विनियोजन भएको प्रमुख लामिछानेले जानकारी दिए। सडक निर्माणले कञ्चनपुरको दक्षिण क्षेत्रका नागरिकहरुलाई सदरमुकाम महेन्द्रनगर र प्रदेश राजधानीसमेत रहेको धनगढी बजार आवागमनमा सहजता थपिएको छ।
“वर्षौंसम्म हिलो र थुलो खाएर यात्रा गर्नुपरेको थियो,” बेलौरीका शिक्षक केशव विष्टले भने, “अढाई वर्षमा बनाइसक्नुपर्ने सडक ठेकेदारको लापर्वाहीले साढे आठ वर्षसम्म नबन्दा हैरानी खेप्नुपरेको छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
