सोमबार नेप्से परिसूचक ५०.५५ अंकले बढेर २,६५०.६६ को विन्दुमा पुगेको छ भने सात अर्बमाथिको शेयर किनबेच भएको छ।
काठमाडौँ– साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५०.४४ अंकले बढेर २,६५०.६६ विन्दुमा पुगेको छ। अघिल्लो दिनको तुलनामा नेप्से परिसूचकमा १.९४ प्रतिशतको वृद्धि देखिएको हो। आइतबारको वृद्धि क्रमलाई नेप्सेले सोमबार पनि निरन्तरता पाएको छ।
नेप्सेसँगै यस दिन कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ। आइतबार ६ अर्ब २८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा सोमबार ७ अर्ब ३ करोड ५४ लाख ८० हजार रुपैयाँको कारोबार भयो। यस क्रममा कुल ३३० कम्पनीको १ करोड ४२ लाख ४ हजार कित्ता शेयर ७९ हजार ७१४ पटक किनबेच भएको नेप्सेले जनाएको छ।
यस दिन सेन्सेटिभ इन्डेक्स ७.८४ अंक बढेको छ भने फ्लोट इन्डेक्स ३.४६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.८१ अंक बढेको छ। यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ४.९४ प्रतिशत बढेको छ।
त्यस्तै, यस दिन होटल तथा पर्यटन र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ, विकास बैंक, वित्त, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।
यस दिन झापा इनर्जी, सागर डिस्टिलरी, बन्दीपुर केबलकार एन्ड टुरिजम, स्वस्तिक लघुवित्त वित्तीय संस्था र श्रीनगर एग्रिटेक एन्डस्ट्रिजको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
त्यस्तै, यस दिन सिद्धार्थ प्रिमियम इन्स्योरेन्सको शेयर मूल्य करिब साढे ८ प्रतिशत बढेको छ भने सूर्य ज्योति लाइफ इन्स्योरेन्सको शेयर मूल्य ८ प्रतिशत बढेको छ।
कारोबारमा आएको माबिलुङ्ग इनर्जीको शेयर मूल्य यस दिन सबैभन्दा बढी ४.४४ प्रतिशत घटेको छ। यस दिन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर सबैभन्दा बढी कारोबार भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
