फरार रहेकाहरूमध्ये ११ जना भारतीय नागरिक पनि छन्। उनीहरूका साथै फरार रहेका दुई बालबालिका पनि अझै कारागारको सम्पर्कमा आएका छैनन्।
चितवन– ‘जेनजी’ प्रदर्शनका क्रममा गत भदौ २५ गते चितवन जिल्ला कारागारबाट भागेका कैदीबन्दीमध्ये १२४ जना कैदीबन्दी अझै फर्किएका छैनन्।
कार्यालय प्रमुख रवीन्द्रप्रसाद ढुंगानाका अनुसार सम्पर्कमा नआएकाहरूमध्ये जबरजस्ती करणीका ३८ जना रहेका छन्। लागुऔषधका २५ जना, गैँडासम्बन्धी मुद्दाका १२, चोरी मुद्दाका १२ जना रहेका छन्।
त्यस्तै, कर्तव्य ज्यान मुद्दाका १०, हिउँ चितुवा अखेटो प्रहार ओसारपसारका पाँच, बैंकिङ कसुर, सवारी ज्यान अंगभंग मुद्दाका ३/३ जना, ठगी कृते, सहकारी ठगी, खोटा मुद्रा मुद्दाका दुई/दुई जना फरार रहेका छन्। डाँका, हातहतियार तथा खरखजना, विद्युतीय कारोबार, अभद्र व्यवहार, आपराधिक उपद्रव, ज्यान मार्ने उद्योग, मानव बेचबिखन र अपहरण मुद्दामा एक/एक जना फरार रहेका छन्।
हालसम्म कारागारमा सम्पर्कमा नआएकामध्ये ११ जना भारतीय नागरिक रहेका छन्। उनीहरूसहित दुई जना बालबालिका सम्पर्कमा आएका छैनन्। ढुंगानाका अनुसार हालसम्म ६१५ जना कैदीबन्दी फर्किएका छन्। उनीहरूसँग आश्रित दुई बालबालिका पनि छन्।
फरार रहेकाहरूको प्रहरीले खोजी गरिरहेको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले प्रहरीले दैनिकजसो फरार कैदीबन्दी पक्राउ गरेर ल्याउने गरेको सुनाए। मातहतका सबै जनशक्तिले फरार रहेकाको खोजीलाई तीव्रता दिएको उनले बताए।
कारागार व्यवस्था विभागले असोज २० गतेसम्म कारागार फर्कन गरेको अनुरोधको समयभित्र ५७४ जना फर्किएका थिए। सम्पर्कविहीन भएकाको सम्पर्क ठेगानासहित सम्बन्धित प्रहरी एकाइमा पत्राचार गरिएको ढुंगानाले जानकारी दिए। उनले जिल्ला कारागारमा हाल बाहिरी जिल्लाका ६ र चितवनका पाँच जना कैदीबन्दी अन्य कारागारमा रहेका बताए।
कारागारले तोकेको समयसम्म सम्पर्कमा नआएकालाई कारागार ऐन २०७९ र प्रचलित कानूनअनुसार कारबाही गरिने जनाइएको छ। फरार कैदीबन्दीलाई लुकाउने, आश्रय दिने गरेको पाइएमा आश्रय दिने व्यक्तिलाई समेत कसुरदार ठानी कारबाही गरिने प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
