मंगलबार नेप्से ५.३२ अंकले बढेर २,६५५.९९ विन्दुमा पुगेको छ। नेप्से आइतबार ३९ र सोमबार ५० अंकले बढेको थियो।
काठमाडाैँ– शेयरबजार परिसूचक नेप्से लगातार तेस्रो दिन पनि बढेको छ। मंगलबार नेप्से ५.३२ अंकले बढेर २,६५५.९९ विन्दुमा पुगेको छ। आइतबार ३९ र सोमबार ५० अंकले बढेको थियो।
नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ। सोमबार ७ अर्ब रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा आज ३१९ स्टकको १ करोड १९ लाख ७६ हजार कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब ८२ करोड ३० लाख २८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। झापा इनर्जी, सागर डिष्टिलरी र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, स्वस्तिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको छ भने बन्दीपुर केबलकार एन्ड टुरिजमको शेयरमूल्य ७ प्रतिशतभन्दा धेरैले बढेको छ। कारोबारमा आएको जोशी हाइड्रोपावरको शेयरमूल्य भने सर्वाधिक ४.९६ प्रतिशतले घटेको छ।
१३ उपसमूहमध्ये आज ९ उपसमूहको परिसूचक बढ्दा ४ उपसमूहको परिसूचक भने घटेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.४० प्रतिशत र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा धेरैले बढेको छ। व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.३३ प्रतिशतले घटेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
