अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले मंगलबार सार्वजनिक गरेको तालिकाअनुसार नेपाल समूह 'सी'मा परेको छ।
काठमाडाैँ– अर्को वर्ष हुन लागेको आईसीसी टी-२० विश्वकपमा नेपालले पहिलो खेल इंग्ल्यान्डसँग खेल्ने भएको छ। उक्त खेल फेब्रुअरी ८ (माघ २५) मा मुम्बईमा हुनेछ।
फेब्रुअरी ७ देखि शुरू हुने क्रिकेटको यस 'महाकुम्भ'लाई भारत र श्रीलंकाले आयोजना गर्नेछन्। आईसीसी टी-२० विश्वकपको यस १०औँ संस्करणमा २० टोली सहभागी छन्, जसलाई चार समूहमा बाँडिएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले मंगलबार सार्वजनिक गरेको तालिकाअनुसार नेपाल समूह 'सी'मा परेको छ। यस समूहमा नेपाल र इंग्ल्यान्डसँगै इटाली, बांग्लादेश र वेस्ट इन्डिज रहेका छन्। यस्तै, कडा प्रतिद्वन्द्वी मानिने भारत र पाकिस्तान समूह 'ए'मा परेका छन्। यीसँगै यस समूहमा अमेरिका, नेदरल्यान्ड्स र नामिबिया छन्।
समूह 'बी' मा अष्ट्रेलिया, श्रीलंका, आयरल्यान्ड, जिम्बाब्वे र ओमान छन्। जबकि समूह 'डी' मा न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, क्यानडा र यूएई छन्। प्रत्येक समूहबाट शीर्ष दुई टोलीहरू सेमिफाइनलमा पुग्नेछन्, त्यसपछि दुई टोलीहरूले फाइनल खेल्नेछन्।
भारतमा कुल पाँच स्थानमा र श्रीलंकाका तीन स्थानमा यस विश्वव्यापी प्रतियोगिताका खेलहरू आयोजना हुनेछन्। भारतका शहर दिल्ली, मुम्बई, चेन्नई, कोलकाता र अहमदाबादले यस प्रतियोगिताका खेलहरू आयोजना गर्नेछन्। यस्तै, कोलम्बोको आर प्रेमादासा र एस स्पोर्ट्स क्लबमा खेलहरू आयोजना हुनेछन्, जबकि क्यान्डीको पल्लेकेले अन्तर्राष्ट्रिय रंगशालाले पनि खेल आयोजना गर्नेछ।

अहिलेसम्म कुल छ टोलीले यो प्रतियोगिता जितेका छन्: २००७ मा भारत, २००९ मा पाकिस्तान, २०१० मा इंग्ल्यान्ड, २०१२ मा वेस्ट इन्डिज, २०१४ मा श्रीलंका, २०१६ मा वेस्ट इन्डिज, २०२१ मा अष्ट्रेलिया, २०२२ मा इंग्ल्यान्ड र २०२४ मा भारत।
नेपालले लगातार दोस्रोपल्ट तथा समग्रमा तेस्रोपल्ट विश्वकप खेल्न लागेको हो। यसअघि सन् २०१४ मा बांग्लादेशमा आयोजना भएको विश्वकपमा नेपालले डेब्यु गरेको थियो। सोही मञ्चमा फर्किन नेपाललाई करिब एक दशक नै लाग्यो। गत वर्ष अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना भएको विश्वकपमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||

